back
CTIZAN AD

चितवनमा बाढी पहिरोको कारण मृत्यु हुनेको सङख्या ३ पुग्यो

वि.सं.२०७४ साउन ३० सोमवार

861 

shares

flood

३० साउन, चितवन । अविरल वर्षापछि यहाँ आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो ।

यस्तै, बाढीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–७ की कमला नेपाली रहनुभएको छ । उहाँ आफ्नै घरले थिचेर घाइते हुनुभएको हो । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ । उहाँका अनुसार बाढीमा परी २१ घर पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ५३४ घर डुबानमा परेका थिए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती, बूढीराप्ती, रिउ, कयर, लदरी लगायतका खोलामा आएको बाढीले जनधनको क्षति बनाएको हो ।

वि.सं.२०७४ साउन ३० सोमवार ०६:३४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...