
आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून
दिन रात रोइरहेछ बिरहले मन ।
प्यारो कृष्ण कहाँ गयौ एक्लै छु म राधा
तिम्रै पिरले यो ज्यान सुकी भैसक्याछ आधा
मनको दियो बाली बस्छु तिमी आउने आसमा
तिम्रै नाम गुञ्जीरन्छ मेरो हरेक सासमा ।
राधा बिना कृष्ण पूरा हँदै हुन्न भन्थ्यौ
तिम्लाई छोडी अरुलाई छुँदै छुन्न भन्थ्यौ
मलाई छोडी बटुल्यौ नि किन त्यति धैरै
अझै पनि लाग्छ किन कृष्ण हो नि मेरै ।
मीठो बोल्यौ तर तिम्रो छलि रैछ मन
मलाई भने तिम्रै मायाँ लाग्छ किन किन ।
कति गाउँ बृन्दाबनमा बिरहको धून
आगो जस्तै लाग्न थाल्यो पूर्णिमाको जून
मेरो कृष्ण किन टाढा भयौ यसरी
तिमी बिना एक्लो जीवन बाँचु कसरी ।
वि.सं.२०७४ साउन ३० सोमवार ०७:२४ मा प्रकाशित