back
CTIZAN AD

आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून

वि.सं.२०७४ साउन ३० सोमवार

1K 

shares

 

शम्भु घिमिरे, साउदी अरब
शम्भु घिमिरे, कतार

 

आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून
दिन रात रोइरहेछ बिरहले मन ।

प्यारो कृष्ण कहाँ गयौ एक्लै छु म राधा
तिम्रै पिरले यो ज्यान सुकी भैसक्याछ आधा

मनको दियो बाली बस्छु तिमी आउने आसमा
तिम्रै नाम गुञ्जीरन्छ मेरो हरेक सासमा ।

राधा बिना कृष्ण पूरा हँदै हुन्न भन्थ्यौ
तिम्लाई छोडी अरुलाई छुँदै छुन्न भन्थ्यौ

मलाई छोडी बटुल्यौ नि किन त्यति धैरै
अझै पनि लाग्छ किन कृष्ण हो नि मेरै ।

मीठो बोल्यौ तर तिम्रो छलि रैछ मन
मलाई भने तिम्रै मायाँ लाग्छ किन किन ।

कति गाउँ बृन्दाबनमा बिरहको धून
आगो जस्तै लाग्न थाल्यो पूर्णिमाको जून

मेरो कृष्ण किन टाढा भयौ यसरी
तिमी बिना एक्लो जीवन बाँचु कसरी ।

वि.सं.२०७४ साउन ३० सोमवार ०७:२४ मा प्रकाशित

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

कविता : मसँग मेरो मन

कविता : मसँग मेरो मन

शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ म अनि मेरो मन एक्लै...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...