back
CTIZAN AD

गुल्मिमा चार दर्जन सडक अवरुद्ध

वि.सं.२०७४ साउन ३० सोमवार

741 

shares

३० साउन, तम्घास (गुल्मी) । विगत चार दिनदेखिको अविरल वर्षाका कारण गुल्मीमा चार दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् ।

जिल्लाका सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्डसमेत अवरुद्ध बनेपछि जिल्लाको पूर्वीक्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण पहिरो जाँदासडक अवरुद्ध बनेको हो ।
लगाताररुपमा पानी परिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या भएको छ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले भन्नुभयो –‘पहिरो खस्नेक्रम जारी रहेकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउन सकिन्छ ।’

वर्षाका कारण इन्द्रेगौँडा–तम्घास, मुसिकोट रातडाँडा, तम्घास–पुर्कोटदह, रुद्रवेणी– पूर्तिघाट–बाझकटेरी–अग्लुङ्ग लगायतका दर्जनौँ सडकसमेत अवरुद्ध बनेका छन् । लगातार पानी परिरहेका कारण मानिसलाई दैनिक किनमेलका साथै खाद्यान्न ढुवानीमा समेत समस्या परेको छ । बाटोमा हिँड्दा पनि पहिराको जोखिमका कारण मानिस घरदेखि बाहिर हिँडडुल गर्न सकेका छैनन् ।

पहिरोले आज बिहान गुल्मीको रेसुंगा नगरपालिका– ५ मा एउटा गोठ पुरिएको छ । गोठ पुरिँदा स्थानीय भरत पोख्रेलको एउटा लैनो भैँसीसमेत मरेको जनाएको छ । गुल्मीको बढीघाट खोलामा ठूलो बाढी आएका कारण नदी किनाराका बासिन्दासमेत त्रसित बनेका छन् । अहिले पनि गुल्मीमा लगातार वर्षा भइरहेको छ । रासस

वि.सं.२०७४ साउन ३० सोमवार १४:३९ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...