अपराह्न ४ः०० बजे सदरमुकामस्थित चन्द्रगढी विमानस्थलमा गृहमन्त्री जनार्दन शर्मा र प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित आउनुभएका प्रधानमन्त्री देउवालाई प्रजिअ ऋषिराम तिवारीले बाढीले पु¥याएको क्षतिको अवस्था जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिनुभयो । झापामा बाढीमा परी ११ जनाको मृत्यु भएको, चार बेपत्ता भएको र एक हजार ९०० भन्दा बढी परिवार विस्थापित भएको विवरण प्रस्तुत गर्नुभएको थियो । मोरङ र सुनसरीको भ्रमणपछि उहाँ हेलिकप्टरमार्फत यहाँ आउनुभएको थियो ।
चार बेपत्ता
तीन दिनसम्म परेकोे अविरल वर्षाका कारण आएको बाढी र डुबानमा परी मृत्यु हुनेमा झापा गाउँपालिकाका सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरि शर्माले बताउनुभयो । मृत्यु हुनेमा गाउँपालिका–२ की धनमाया घोर्साने, ७ की कमला दलार्मी र उनकी छोरी खुशी, वडा नंं २ मा फेला परेका तर पहिचान नखुलेका एक एक वृद्ध र युवक तथा झापा–४ का कुल्सन खातुन छन् ।
त्यसैगरी शिवसताक्षी नगरपालिका–१ का ३८ विजय पाण्डे, कचनकवल गाउँपालिकाका–३ का राम राजवंशी, दमक नगरपालिका–५ का तपोष मण्डल, हल्दिबारी गाउँपालिका–१ का चम्पामणि सतार र कमल गाउँपालिका–५ का दिवस राई रहेको उहाँले जानकारी दिनुभयो । बाढीबाट चार जना बेपत्ता भएका छन् । रासस
वि.सं.२०७४ साउन ३० सोमवार १५:११ मा प्रकाशित