back
CTIZAN AD

बाढीबाट मोरङमा हालसम्म अठारको मृत्यु

वि.सं.२०७४ साउन ३१ मंगलवार

864 

shares

३१ साउन, विराटनगर । अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा हालसम्म १८ जनाको मृत्यु भएको छ ।

सोमबार सम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँले आज मात्रै १२ जनाको शव भेटिएको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ भने बाँकी चार जनाको पहिचान गर्ने काम भइरहेको छ । तीमध्ये बाढीले बगाएर लगेका अवस्थामा चार जनाको शव भारतीय क्षेत्रमा फेला पारिएको हो ।

पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला मोरङ हो । आइतबारसम्म छ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । तर सोमबार मात्रै १२ जनाको शव फेला परेको जनाइएको छ ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०३:०७ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...