back
CTIZAN AD

बाढी बाट सप्तरी जिल्लामा मात्रै एक लाख प्रभावित

वि.सं.२०७४ भदौ १ बिहीवार

753 

shares

flood

१ भदौ, राजविराज । सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् ।
बाढीबाट चार हजार व्यक्ति विस्थापित भएका छन् । बाढीबाट जिल्लाका रम्पुरा मल्हनिया, सकरपुरा बनरझुलालगायत टोल पूर्ण रुपमा डुबानमा परेका छन् ।

वर्षापछि खाँडो खोलामा आएको बाढीले रम्पुरा मल्हनिया गाविसका करिब एक हजार घर तथा सकरपुराका ८९९ घर पूर्ण रुपमा डुबानमा परेको स्थानीयवासी चन्दन यादवले बताउनुभयो । वर्षाले गर्दा प्रत्येक व्यक्तिका घरमा पानी पसेपछि बाढीपीडित घर नजिकैको बाँध तथा विद्यालयको आश्रय लिई रात बिताउँदैछन् । उनीहरु अहिले पनि भोकभोकै जाग्राम बस्न बाध्य भएको यादवले गुनासो गर्नुभयो ।

बाढीले घर घरमा करिब ५ फिटसम्म पानी पसेको तर हालसम्म कुनै पानीको निकास हुन नसकेको रम्पुरा मल्हनियाका सोसिन्द्र यादवले जानकारी दिनुभयो ।

स्थानीय राजेन्द्र देवकी आधारभूत विद्यालय कोइलाडी विद्यालयमा आश्रय लिँदै आएका झण्डै दुई सय परिवारलाई राहत नआएको पीडितले गुनासो गरेका छन् ।

वि.सं.२०७४ भदौ १ बिहीवार १५:५३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...