back
CTIZAN AD

नेपालमा पहिलोपटक फुटसल राष्ट्रिय लिग हुँदै

वि.सं.२०७४ भदौ ५ सोमवार

750 

shares

५ भदौं, काठमाडौं  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ ।

नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो । फुटसल खेलको विकास र सही व्यवस्थापन गर्ने उद्देश्यले आइतबार एक कार्यक्रम आयोजना गरी एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

नेपाली फुटसलको विकास र आगामी असोज २७ देखि इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स प्रतियोगितामा देशको प्रतिनिधित्व व्यवस्थित गर्न एन्फा र टर्नपाइकबीच पाँच वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले बताउनुभयो ।

कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र आदान–प्रदान गर्नुभएको हो । सम्झौताअनुसार सन् २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई टर्नपाइकले प्रायोजन गर्नेछ । हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाइ रकम टर्नपाइकले र एक तिहाइ रकम एन्फाले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले आधिकारिकरुपमा पहिलोपटक राष्ट्रिय फुटसल लिग हुन लागेको र ढिलै भएपनि सकारात्मक शुरुवात भएको बताउनुभयो । एन्फासँग फुटसल प्रतियोगिता गर्नका लागि भएको पाँचवर्षे सम्झौताले फुटसलको माध्यमबाट फुटबल खेलको समेत विकासमा सहयोग पुग्ने टर्नपाइकका निर्देशक उकेश लोहनीले बताउनुभयो ।

रायमाझीले लिग सञ्चालन गर्न बूढानीलकण्ठको चौर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तुपा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेको जानकारी पनि दिनुभयो ।

वि.सं.२०७४ भदौ ५ सोमवार ०२:५९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...