back
CTIZAN AD

बाढीपहिरोले आर्थिक वृद्धिदर प्रभावित हुनसक्छ –विश्व बैंक

वि.सं.२०७४ असोज १ आइतवार

795 

shares

world bank

काठमाडौँ । गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले आज यहाँ सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा तराईमा बाढी र डुबानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु आवमा वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान बैंकले गरेको हो ।

बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने देखिएको हो । चालु आर्थिक वर्षका लागि सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

संघीय संरचनामा बजेट कार्यान्वयन चुनौतिपूर्ण देखिएको भन्दै बैंकले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट व्यवस्थापनका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

तराईमा बाढी र डुबानले कृषिमा ठूलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागारमा जानेको संख्यामा आएको कमीले विप्रेषण आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुधुम्न दाहालले बताउनुभयो ।

उहाँले बाढी र त्यसपछिको डुबानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको रु एक खर्ब बढी नोक्सान भएको प्रारम्भिक अनुमान गरेको छ ।

तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन शुरु भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालको भनाइ छ ।

वि.सं.२०७४ असोज १ आइतवार १५:२२ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...