नेपाली जनप्रगतिशील मंच युरोपको अध्यक्षमा डा. कृष्ण अर्याल निर्विरोध भएका छन् । पूर्व आपूर्तिमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गणेशमान पुनको प्रमुख आतिथ्यता तथा मंचका युरोप संयोजक सुरेन्द्र भुषालको सभापतित्वमा १७ अक्टोबरका दिन पोर्चुगलमा सम्पन्न संयुक्त नेपाली मोर्चा यूरोपको एकताको अधिबेशनले डा. अर्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षहरुमा राममणि रिजाल (बेलायत), अच्युत फुयाल (स्विजरल्याण्ड), कृष्ण पौडेल (बेल्जियम), महासचिबमा गंगा प्रसाद भुसाल (स्पेन), सचिबहरुमा मान बहादुर गुरुङ (बेलायत), कृष्णहरि कंडेल (स्पेन), समिर अधिकारी (पोर्तुगल), कोषाध्यक्षमा खड्ग बुढाथोकी (पोर्तुगल), प्रबक्तामा दर्शन आचार्य (स्विजरल्याण्ड) रहेका छन् भने सदस्यहरुमा प्रकाश पौडेल (बेल्जियम), बलमान ओली (नर्बे), कल्पना मगर (बेल्जियम) गंगा सर्मा (बेल्जियम) जितेन्द्र रायमाझी (चेक रिपब्लिक), महेश कुमार खाती (डेनमार्क), प्रकाश शर्मा (जर्मनी),सुशीला खतिवडा (बेल्जियम), निर्मला बजगाईँ (बेल्जियम), मिनु श्रेष्ठ (बेलायत), रुपक श्रेष्ठ (पोर्तुगल), (रन्जित राना (इटाली) रहेका छन् ।
यसैगरी नवनिर्वाचित कार्यसमितिले ३ सदस्य पछि थप्ने बताइएको छ भने प्रत्येक देशका मोर्चाका अध्यक्ष पदेन सदस्य रहने निर्णय समेत गरिएको छ ।
वि.सं.२०७४ असोज २ सोमवार १२:५१ मा प्रकाशित
























