back
CTIZAN AD

 चौँतिस वर्षपछि पञ्चेश्वर सडकको बाटो खोल्ने काम सकिदै

वि.सं.२०७४ असोज ९ सोमवार

957 

shares

९ असोज, बैतडी ।   चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।

कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताउनुभयो ।

“पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम भइरहेको छ”– उहाँले भन्नुभयो, “चालु आवमा स्याडीगाडसम्मको १३ किमी कालोपत्र भइसक्ने छ ।” अहिले स्याडीगाडसम्म सडकलाई कालोपत्र गर्ने कार्य भइरहेको छ ।

यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किमीलाई कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पुलसमेत निर्माण भइसकेको छ ।

यसैबीच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाको सडक सपना करिब ३४ वर्षपछि पूरा हुने भएको छ । आव २०४०÷४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गर्नुभएको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आवमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

सडकको पहुँच भएपछि भारतको निरर्भता हटेको स्थानीय वीरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उपभोग्य सामानका लागिसमेत भारत जानुपर्ने बाध्यता हट्दै गएको छ ।”
यस्तै तल्लोसोराडमा सडक पुगेपछि कृषिउपजले पनि बजार पाएकाले किसान व्यावसायिक खेतीतर्फ लागेका छन् ।

वि.सं.२०७४ असोज ९ सोमवार ०३:३८ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...