back
CTIZAN AD

पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

वि.सं.२०७४ असोज ८ आइतवार

1.3K 

shares

 Nepal-Path-commerade-koबैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे ।
‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ । हामी आफैं सतही छौँ कामरेडहरू, आजको बैठकबाट हामी गम्भीर, जवाफदेही र सृजनात्मक हुन सक्नै पर्दछ’ स्वागत मन्तव्य दिँदै कामरेड ज्वालाले धारणा समेत राखिन् ।
‘कामरेडहरू अब पालैपालो आ–आफ्ना धारणा राखौं न त’ उद्घोषक समेत रहेका कमरेड ध्रुवले फ्लोर ओपन गरे ।
‘पार्टी निकै कमजोर भएको, कार्यकर्ताहरूमा निराशा छाएको र दुश्मन हाँसिरहेको बेला अध्यक्ष कमरेडबाटै ‘विघटन’को शब्द प्रयोग हुनु राम्रो हो र ?’ कामरेड सलिनाले जिज्ञासा राखिन् ।
‘आफू र आफ्ना सन्ततिलाई पुग्ने पैसा जम्मा गरिसकेको, आन्दोलनको बलबाट कार्यकारी प्रधानमन्त्री खाइसकेको र राज्यको प्रमुख व्यक्तित्वका रुपमा स्थापित भैसकेपछि अब उनलाई किन झन्झटमा फस्नुप¥यो…! विघटन गर्न पनि सक्छन्…दुश्मनहरूको यस्तो आंकलन र हुइँयाबाट हाम्रै पार्टीका कयौं इमान्दार कामरेडहरू पनि प्रभावित भैरहनुभएको छ..’ कमरेड छविले घुमाएर अध्यक्षकै विरोधमा कुरा राखे ।
‘विचारमा प्रष्ट हुन नसकेकोले कार्यदिशा सहि नभएको तथा बढ्दो गैरसर्वहारा प्रवृत्तिले पार्टीको क्रान्तिकारी छवि एकप्रकारले पुरिँदै जान थालेको विषयमा सचिवालय बैठक कति गम्भिर हुनसक्यो कमरेड ?’ कमरेड विनयले प्रश्न राखे ।
‘पार्टीको शीर्ष नेतृत्वदेखि तलसम्मको पंक्तिले राजनैतिक काममा कति ध्यान दिन सक्यो ? व्यक्तिवादबाट जन्मेका गुट–उपगुट र झुण्डहरूको अनुगमन गर्न कति सक्यो ? निश्चित व्यक्तिहरूको स्वार्थ भजाउने औजारका रुपमा देखिएका गुट–उपगुटलाई निस्प्रभावी बनाउन पार्टीले के कस्ता रणनीति अख्तियार ग¥यो, केही बताउन सक्नु हुन्छ कमरेड ?’ कार्यालय सदस्यसमेत रहेका प्रदेश इन्चार्जतर्फ लक्षित गर्दै कमरेड प्रविनले भनाइ थपे ।
‘शक्ति केन्द्र बनाउने र घेराबन्दि गरेर आफ्नो अभिष्ट साँध्ने समूहहरू पार्टीमा धेरै पहिलादेखि नै सक्रिय हुन् । यसबारे अध्यक्ष लगायत शीर्ष नेताहरूको चासो नपुगेको हो की, आफ्नो स्वार्थका लागि आँखा चिम्लिएको हो बुझ्न सकिएन । सचिवालय बैठकले यसबाट पार लगाउने कुनै योजना गरेको छ त कामरेड ?’ कामरेड विभिषणले कुरो राखे ।
‘पार्टीभित्र धनवाद हावी छ । पार्टीमा भद्धा उपयोगितावाद हावी हुँदा पनि यसको नियमन र नियन्त्रणमा किन ध्यान छैन ? स्रोत साधनहरूको सहि र न्यायोचित बाँडफाँड किन हुँदैन ? पैसा नभएका कामरेडहरूको गुजाराप्रति ध्यान दिनु पर्नेमा पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र किन जोड भइरहेको छ, के पार्टी बिग्रेकै हो वा बिगारेर विघटनमा लग्न थालिएको हो…?’ कामरेड दिनेशले कुरो राखे ।
‘समाजवाद कहाँबाट आउँछ कामरेड, त्यसका लागि समाजवादी संस्कृति र आचरण चाहिदँैन । समाजवाद निर्माणको आधार बारे ठोस निर्णय लिन किन सकिएन ? निरन्तर क्रान्तिको कुरो कहाँ पुग्यो ? के अब निश्चित व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री हुँदासाथ वर्ग संघर्षको अनिवार्य विषय पनि छुटाउन लागिएको हो ? धकाउँदै, फकाउँदै र गलाउँदै राजनीति गर्ने प्रतिक्रियावादी चिन्तन हावी गराउन खोजिएको हो ? कामरेड शीतलले प्रश्न गरे ।
‘हामी जस्ता पैसा नहुने मान्छे पार्टीभित्र पनि अपहेलित हुनुपर्ने र बाहिरको दुनीयामा त टिक्न पनि गाह्रो हुने भयो । जनवादी, समाजवादी र साम्यवादी आर्दशमा लागेका हामीहरू भित्रै रहन गाह्रो हुन्छ तब प्रतिस्पर्धीहरूसँगको चुनावमा कसरी सम्भव होला र ? चुनावलाई यस्तो बोझिलो र खर्चीलो बनाउनमा हामी जिम्मेवार छौँ की छैनौँ…?’ कामरेड प्रतापले सोधे ।
‘कुर्सीमा पुगेका र सत्ताको डाडुपन्यू चलाएका कामरेडहरूले स्रोतसाधनको उपयोगमा पुरै संसदवादी चरित्र देखाउनु भयो । आ–आफ्नो निर्वाचन क्षेत्र र आफ्नै स्थानीय तहमा आफू र आफन्तका लागि शक्ति लगाउनु चरम संसदवाद होइन् ?’ कामरेड आक्रोशले कुरो राखे ।
‘कामरेडहरू…निश्चय पनि तपाईहरूले उठाएका प्रश्न पेचिला र जायज पनि छन् । राष्ट्रियतालाई राम्रोसँग बुझाउन नसक्नु, सामाजिक संघसंस्थाहरूमा प्रभावकारी भूमिका देखाउन नसक्नु, साम, दाम, दण्ड भेदलाई अवलम्बन गर्न पनि नसक्नु र अरुलाई रोक्न पनि नसक्नु, नेताहरूको विलासीतालाई र आर्थिक अराजकता तलसम्म कपि हुँदै जानु, सामन्तवादी मनोवृत्ति हावी रहनुले हामी भित्र पनि समस्या र बाहिर पनि समस्यामा रहेको सत्य हो । तथापि हामी प्रष्ट विचार र सहि व्यवहारका अघि बढ्नै पर्दछ । पराजित उम्मेदवारको मनोबल बढाउन विशेष संगठनात्मक योजना ल्याउन जरुरी छ भने निर्वाचितहरूलाई बढि जनमुखी र उदाहरणीय देखाउनै पर्छ । संगठन र आचरण दुवैको पुनरावलोकनसहित हामी अगाडि बढ्नै पर्छ भनेका छौँ…।’ प्रमुख अतिथिले मन्तव्य राखे, सहभागीहरूले टाउको हल्लाए ।

वि.सं.२०७४ असोज ८ आइतवार ११:३४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...