back

मातृभूमिका लागि कुनैपनि बेला आउन सक्छु–थर्क प्रेम सेन

वि.सं.२०७४ असोज ८ आइतवार

456 

shares
NTC AD

thark-senथर्क प्रेम सेन, स्याङजा जिल्लामा जन्म, बुटवलमा स्थायी बसोबास र हाल यूकेमा रहँदै आएको तीन दशक भएको छ । २०४३ सालमा बिट्रिस आर्मीको लाहुरे भएर यूके पसेका सेन आर्मिबाट रिटायर्ड भएपछि व्यवसाय तथा सामाजिक काममा सक्रिय रहेका छन् । एनआरएनए आइसीसी सदस्य समेत रहेका सेन एनआरएनए अन्तर्गतको ‘रोड ट्राफिक एजुकेशन सेफ्टी अफ नेपाल’ टाक्सफोर्सका संयोजक पनि छन् । यस टाक्सफोर्सको मुख्य उद्देश्य भनेको आफूहरूसँग भएको सीप ज्ञान तथा प्रविधिहरूलाई मातृभूमिका लागि परिचालन गर्ने रहेको बताउँछन्, उनी । प्रस्तुत छ उनै सेनसँग ऐक्यबद्धताले गरेको कुराकानी :

युके कहिले र किन जानु भयो ?
म कलेज पढ्दै गर्दा नै २०४३ सालमा ब्रिटिश आर्मीको लाहुरे भएर यूके आएको हुँ । ब्रिटिश आर्मीको कम्युनिकेशन÷कम्प्युटर स्पेशलिष्ट भएर वल्र्डवाइड काम गरो । आर्मीबाट रिटायर्ड भएपछि अहिले ‘ए.डि.आई फर ट्राफिक एजुकेशन एण्ड रोड सेफ्टी युके’को डि.भि.ए को तलदेखि सबैभन्दा माथि सम्मको ट्रेनिङ एण्ड टेस्टको काम गर्छु ।
यहाँ एनआरएनएको ‘रोड ट्राफिक एजुकेशन सेफ्टी अफ नेपाल’ टाक्सफोर्सको संयोजक पनि हुनुहुन्छ, यो टास्कफोर्स किन बनाइएको हो ?
यो टाक्सफोर्स मातृभूमिका लागि शिक्षा, क्षमता, दक्षता र प्रविधिहरू परिचालन गर्ने प्रोजेक्ट हो, परियोजना नेपालका लागि अत्यन्त जरुरी छ भन्ने ठानेका छौं । हाम्रो देशमा सडकका कारण जनताले सास्ती भोग्नु परेको छ । मेरो ८० देशको घुमाइ र अनुसन्धानबाट नेपालको प्रणाली झाँक्रीकै अवस्थामा रहेको देखेको छु । त्यसैले असाध्यै सडक दुर्घटना र जाम हुन्छ । हामी एनआरएनएले २०२० सम्म नेपालको सडक सुरक्षालाई लन्डन, युके र टोकियो तथा स्वीटजरल्याण्ड जस्तो सुरक्षित र सुन्दर बनाउन सकिन्छ भन्ने योजना बनाएका छौं । यसैलाई मनन गरेर एनआरएनए आइसीसी टाक्सफोर्सले मेरो संयोजकत्वमा १५ देशबाट १–१ जना सदस्य रहने गरी उपसमिति बनाएको हो । धेरैपटक नेपाल आएर यातायात र ट्राफिक डिआइजीपी टिमलाई सरसल्लाह र सुझाव दिने गरेका छौँ । तर सम्बन्धित निकायहरूले हाम्रो कुरालाई त्यति चासोका रुपमा लिएको पाएका छैनौँ, त्यसैले काम अघि बढाउन सकिएको छैन ।

नेपालको भौगोलिक कारणले पनि यहाँका सडक असहज छन्, सडक सहजका लागि यहाँसँग कुनै योजना छ की ?
ट्राफिक जाम सानो ठूलो जहाँ पनि हुन्छ । तर हाम्रो नेपालमा जे भइरहेको छ र ट्राफिक जाम खुलाउने जे जति काम भएको छ यो प्रणालीले अब काम गर्दैन, यो पुरानो भइसक्यो । लामा, झाक्री प्रणालीले काम नगरेरै काठमाडौंको यो बेहाल भएको हो । दुर्घटना र ट्राफिक जाम हुने हजार कारण छन् । रोडको डिजाइन पनि एक हो । नेपालको बाटोको साइडमा खुला नाला वा गलत साइडको पुल बनाइएका छन्, हेर्दा पनि व्यवसायिक र प्राविधिक रुपले राम्रो छैन । यो गलत हो भनेर माथिल्लो निकाय तथा नेतृत्वलाई थाहा हुनुपर्ने हो तर यहाँ कसैलाई पनि केही मतलब छैन । उनीहरूलाई यो के हो थाहा पनि छैन जस्तो लाग्छ नेपालको बाटो सानो भएको र बनाउने पैसा नभएर होइन, बरु भएकोलाई पनि प्रयोग गर्न नजानेको हो । यसै विषयमा मैले ‘युनिभर्सल हाइवे कोड फर अल रोड युजर’ भन्ने बुक पनि लेखेको छु । सम्बन्धीत निकायलाई चाहिएमा निःशुल्क उपलब्ध गराउन पनि सकिन्छ । अरु के भनौँ र बिरामीले औषधि खाइदिएन भने डाक्टरले केही गर्न सक्तैन् ।

एनआरएनएले यो परियोजनामा के काम गर्न सक्छ ?
म सुरुदेखि नै एनआरएनएको आइसीसी सदस्य रहँदै आएको छु । एनआरएनएको यो परियोजनालाई मातृभूमि नेपालले चाहेसम्म स्वयमसेवीका रुपमा ट्राफिक शिक्षा र सडक सुरक्षाको क्षेत्रमा विशेषज्ञको रुपमा काम गर्न सक्छ ।

गोर्खा स्कुल अफ मोटरिङको पनि प्रबन्ध निर्देशक हुनुहुन्छ यसले के कस्ता कामहरू गर्दै आएको छ ?
गोर्खा स्कुल अफ मोटरिङ युके÷युरोप रजिस्टर्ड ड्राइभर एण्ड भेइकल ट्रेनिङ इन्स्च्यिुट हो । हामीले कुनैपनि सवारीका विषय र युकेको कुनैपनि स्तरको पढाइ डिभिएसए प्रणालीमार्फत गर्छौँ, जुन संसारकै सबैभन्दा राम्रो मानिन्छ ।

युकेमा रहेका नेपालीका बारेमा केही बताइदिनु हुन्छ की ?
यूकेमा अहिले झण्डै २ लाख नेपाली रहेको अनुमान छ । त्यसमा नेपालीका ३ सय भन्दा बढी संस्थाहरू छन् । युकेमा नेपालीको आगमन १९६२ देखि हो । नेपालीहरू लाहुरे बनेर आउने र जागिर सकिएपछि नेपाल नै फर्कन्थे । तर २००२ देखि मेरै पहलमा औपचारिक स्थायित्वका लागि विभिन्न चरणको प्रक्रियापछि २००४ देखि बिट्रिस गोर्खाले बसाई गरे लगत्तै विद्यार्थीहरूको पनि आगमन भएको देखिन्छ ।

युकेमै बस्नुहुन्छ की देश फर्कने साोच बनाउनु भएको छ ?
नेपाल वा बेलायत जहाँ बसेपनि हामी नेपाली हौँ र नेपाली नै भन्छौँ, नेपाल र नेपालीका लागि काम गर्छौ । मेरो घर जग्गा सबै नेपालमा छ । वर्षको २–४ पटक आउने जाने गरिरहन्छु । आवश्यक परे आफ्नो मातृभूमिका लागि क्षमता र ज्ञान बाँड्न कुनैपनि बेला आउन सक्छु ।

यहाँको विचारमा देशको आर्थिक समृद्धिका लागि एनआरएनएको भूमिका कस्तो हुनुपर्ला ?
हामी नेपालीले धेरै पीडा भोगिरहेका छौँ । यहाँ धेरै कुरा अव्यवस्थित छन् । यहि पीडामा ५० लाख नेपाली गास बासको खोजीमा गैरआवासीय नेपाली बनेका छन् । ५० लाख मध्ये केही सफल व्यवसायी तथा ज्ञान र क्षमता भएका छन्, उनीहरूलाई प्रयोग गर्न जानेमा मातृभूमिको उज्यालो भविष्यका लागि उपयोगी हुनेछ ।
हामीले यातायातमा देखिने समस्या समाधान गर्न सक्यौं भने त्यो पर्यटन विकासका लागि उपयोगी हुनेछ । त्यस्तै स्वास्थ्य, उत्पादन र शिक्षा क्षेत्रमा पनि लाभदायी हुन्छ । उच्च ट्राफिक शिक्षा र सुरक्षा भनेको हाम्रो शरीरमा हुने स्वस्थ्य रक्त संचार जस्तै हो ।

प्रस्तुति : चन्दा थापा

वि.सं.२०७४ असोज ८ आइतवार ११:१९ मा प्रकाशित

ADBL AD
लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

काठमाडौँ । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल...

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

सुदूरपश्चिम । संविधानसभामा निर्वाचित जनप्रतिनिधिले बनाएको नेपालको संविधान २०७२ लागू...

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

राज कुमार गुप्ता, मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन काठमाडौं...

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई...