back
CTIZAN AD

जब देउबा सत्ताशीन हुन्छन्, केही न केही अनिष्ट भएरै छाड्छ

वि.सं.२०७४ असोज ८ आइतवार

1.4K 

shares

khagendra sangroula

त्यत्रा त्यत्रा जनआन्दोलनका बबण्डर आँधी उठे ! कतिकति विस्मयकारी बलिदान भए ! कस्ताकस्ता विधि र व्यवस्था फेरिए ! र, कतिकति रङ्गीन जनअपेक्षाहरू जीवनको सतहमा उत्रिए तर यो सब हलचलपछि, सढेगलेका व्यवस्था र परम्परा ढले । अब स्वर्णिम युगको थालनी हुन्छ भन्ने उमङ्गमय उद्घोषपछि, देश र जनताले पायो के ? विडम्बनावश, देश र जनताले हाललाई शासकीय रङ्गमञ्चमा पायो प्रधानमन्त्री शेरबहादुर देउबा । प्रधानमन्त्री पनि कस्ता सार्वजनिक डबलीमा जब सम्बाद हुन्छ, आफ्नो विवेक र संयम गुमाएर प्रश्नकर्ता नागरिकमाथि क्रोधाग्निले जल्दै जाइलाग्छन् । देउबाको अभद्रतासामु विवेक अवाक् हुन्छ, शिष्टता मूच्र्छित हुन्छ, मर्यादा मर्माहत हुन्छ । र, आत्मग्लानिले पानीपानी हुँदै दुर्नियतिको क्रीडा देखेर लज्जित लोकले मुख छोप्छ । देउबा सार्वजनिक डबलीमा भाषण पढ्छन् । लिखित भाषण हुन्छ एउटा खल्तीमा, अर्काे खल्तीबाट कागज झिक्छन् । अनि आपैmँलाई सम्बोधन गरी लेखिएको बिन्तीपत्र भकाभक पढ्छन् । बसेका छन् प्रधानमन्त्रीको गहन दायित्वयुक्त आसनमा, भाषण र बिन्तीपत्रको भेदको हेक्का हुँदैन । लोक फेरि लाजले मुख छोप्छ, देउबालाई रत्तीभर लाज छैन । उनी क्षमा याचना वा पश्चात्तापको भावमा एउटा सानो वाक्य बोल्न पनि कन्जुसी गर्छन् ।

अनुभवबाट निशृत भनाइ छ— जब देउबा सत्ताशीन हुन्छन्, केही न केही अनिष्ट भएरै छाड्छ । बहुदलको पुनरोदय भयो र देउबाका तालुमा आलु फल्यो । देउबा जननिर्वाचित सरकारका गृहमन्त्री भए । भोको एमाले प्रतिपक्षमा थियो । कांग्रेसलाई सत्ताबाट खसालेर आपूm सत्ताभोग गर्न एमालेलाई हुनु सम्म हतार थियो । र नै एमाले सडकमा धूलो उडाउँथ्यो, रेलिङ तोड्थ्यो, पर्खाल भत्काउँथ्यो । साना वा ठूला झडप भइरहन्थे । यत्तिकैमा शहरको नाभिमा गोली चल्यो र बालक अनीश शाक्यको ज्यान गयो । ती निश्छल र निष्पाप बालक आप्mनै घरको कौशीमा मारिए । त्रूmद्ध लोकले प्रश्नग¥यो— बन्दुकको अधिपति भएर देउबा निर्दोष बालकको बध गर्ने ? त्यो पनि आप्mनै घरको कौशीमा खेलिरहेको बेलामा ! देउबाले ओठे जबाफ दिए— गोलीका आँखा हुँदैनन् । के बालक के प्रौढ के बृद्ध, गोलीका सामु सबै बराबर । यो जबाफमा देउबाको आन्तरिक चिनारीको सार बोलेको थियो । चरम. संवेदनाहीन, करुणाहीन र लज्जाहीन चिनारी !

‘अलच्छिनी’ अन्धविश्वासको भावबाहक शब्द हो । त्यसैले म देउबालाई ‘अलच्छिनी’ भन्दिनँ । तर देउबा जब शासनको आसनमा उक्लिन्छन्, अशुभको सम्भावनाको भयले लोकलाई सताउन थालिहाल्छ । यो अनुभवजन्य भय हो । सत्तामा हुँदा देउबाले पुरानो जनमोर्चालाई हेपेर कमिलो सरी ठाने । उसका साधारण माग एक कानले सुनेर अर्को कानले उडाइदिए । अनि माओवादी जनयुद्धको द्वार खुल्यो । जनयुद्धलाई देउबाले सामाजिक–आर्थिक समस्या ठानेनन्, केवल प्रशासनिक समस्या ठाने । र, गोली र फगत गोलीले त्यसको उपचार गर्न जिद्दी गरे । जनताले तिरेको तिरोले पालिने सेनालाई जनतामाथि खन्याए । विद्रोहीलाई आतङ्ककारी घोषित गरे । अनि रेड कर्नर नोटिस, टाउकाको मोल, इन्टरपोलमा झोसपोल आदि ।

देउबाले जनजनका थाप्लामा सङ्कटकालपछि सङ्कटकाल थोपरे । प्रेसको मुखमा बुजो लगाए । सडकमा फौजी ट्याङ्क निकाले । सार्वजनिक डबलीमा बन्दुकको आतङ्कमय आधिपत्य कायम भयो । र चौतर्फी सन्नाटाको बीचमा, सङ्कटकालको कुटिल आवरणमा, मुलुकमा रगतको खोलो बग्यो । यिनै देउबा हुन् जसले छँदाखाँदाको प्रतिनिधिसभा लगेर दरबारमा बुझाए । यिनै देउबा हुन् जसलाई फौजीतन्त्रका ख्वामित् ज्ञानेन्द्रले नालायक घोषणा गरी कुर्सीच्यूत तुल्याए । र यिनै देउबा हुन् जसले शाही सेवक बन्न पुनःकुर्सी पाउँदा ‘गोरखाली राजाबाट न्याय पाएँ’ भन्दै स्वामीभक्तिको आत्महीन गीत गए ।

वागमतीको पुलमुनि कतिकति पानी बगिसकेपछि । तथापि विडम्बनावश, देउबा फेरि प्रधानमन्त्री बनेका छन् । इतिहासले देउबाको औतारमा हामीमाथि मजाक गरेको छ । र, दुई महिना बित्दानबित्दै देउबाको शासनको प्रवृत्ति र सम्भावित अनिष्टको सङ्केत दृष्टिगोचर भइसकेको छ । देउबामा न राजनीतिको असन्तुष्ट पक्षसँग संवाद गर्ने कला छ, न संशोधनको लागिमत बटुल्ने चातुर्य छ, न चाहिँदो हतार र हुटहुटी छ । उनमा छ त केवल बेसोमतीपना छ, फगत बेढङ्गेपना छ, सिर्पm संवेदनहीनता छ, खालि सनक छ ।

इतिहासको कामकुरो एकातिर छ, देउबा शासन कुम्लो बोकेर ठिमीतिर हिँडिरहेछ । देउबाकालीन शासनको निकट भविष्यको सम्भावित परिदृश्यले निकट अतीतको तीतो अनुभवलाई झल्झली सम्झाइरहेछ । हिजो सनातनी वर्चश्व शालीशक्तिहरूले बहिष्कृत पक्षहरूलाई पाखा लगाएर तजबिजी काइदाले रक्तरञ्जित संविधान लेखेका थिए । यो एकल चेष्टा, यो अहंकार, यो मैमत्तापनको अनिष्ट नतिजा लोकले व्यहोरिसकेको छ । द्वन्द्वमाथि द्वन्द्व थपिएको छ । असमझदारीमाथि असमझदारीको चाङ लागेको छ । विभाजनमाथि विभाजनको तिक्तता बढेको छ । अखण्डको रटना गर्नेहरू स्वयंले विखण्डनको मानसिकता र परिवेशलाई उत्पात बढाबा दिइरहेछन् ।

अनि अहिले ? संविधान सुशीलकालमा बल मिच्याइँको भरमा जसरी बनेको थियो, देउबा कालमा त्यसको कार्यान्वयन त्यसरी नै हुने लक्षण देखिँदैछ । हिजो जुनपक्ष, चरित्र र प्रवृत्ति सत्ताधारी थियो, आज पनि सत्ताधारी उही छ । हिजो जो जो बहिष्कृत थिए, आज पनि ती बहिष्कृत नै छन् । र, अब पञ्चायती पाराको अर्थात् ज्ञानेन्द्रीय कालको जस्तो चुनाव हुँदैछ । असहमत र असन्तुष्ट भावना एवम् आकांक्षाहरूलाई दमन गरेर चुनाव । उग्र असहमति, असन्तुष्टि र आक्रोशबीच नाटकीय चुनाव । शान्ति र अमनचैनका नाममा सैन्य बललाई सडकमा उतारेर आतङ्कमय चुनाव । थप द्वन्द्व, खिचातानी, घर्षण, भीडन्त र विभाजनलाई निम्त्याउने चुनाव । छोटोमा, दीर्घकालीन कलह र विग्रहलाई निम्त्याउन चुनाव !

यो इतिहासको पश्चगमनको याम हो । पश्चगमन कालमा अग्रगामीहरूले गर्ने कार्य हो पश्चगमनको भण्डाफोर । गर्ने कार्य आशाको बीजको रक्षा हो । कवि शेलीको कवितांशको भाकामा भनुँ भने-यो शीतकाल आईनै सक्यो त वसन्त कति नै टाढा होला र भनी क्रियाशील आशावादमा जिउने याम हो ।

वि.सं.२०७४ असोज ८ आइतवार १०:४८ मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...