back
CTIZAN AD

 दुर्घटनाका पीडितलाई जापानबाट आर्थिक सहयोग

वि.सं.२०७४ असोज २२ आइतवार

759 

shares

२२ असोज, टोकियो, जापान । रोजगारीका लागि कतारमा गएका बागलुङका एक पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

गम्भीर घाइते गल्कोट–६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ ‘गल्कोट समाज जापान’ले पाँच लाख २० हजार ४२१ जापानी यान उपलब्ध गराएको हो ।

उक्त समाजले जापानमा शुरु गरेको सहयोग अभियानअन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनुभयोे ।

रोजगारीका लागि कतार गएका विश्वकर्माको सडक दुर्घटनामा परी अचेत अवस्थामा स्वदेशमै ल्याएर काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

कमाउने मूल व्यक्ति विगत छ वर्षदेखि अचेत भएको र पारिवारिक अवस्था कमजोर भएको समाचार मूलधारका पत्रपत्रिकामा प्रकाशित भएपछि उक्त समाजले जापानको टोकियो, ओशाका, नागोयालगायतका स्थानमा सहयोगका लागि अभियान चलाएर दुईसातासम्म रकम संकलन गरेको थियो । विश्वकर्माको परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

यसअघि पनि जापानवासी नेपालीले रकम अभावमा उपचारमा समस्या भोगिरहेका मिर्गौलापीडित गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भुसाललाई सहयोग उपलब्ध गराएका थिए । गुरुङलाई तीन लाख ७८ हजार ९०५ र भुसालको उपचारका लागि एक लाख ३८ हजार ७४५ जापानी यान सहयोग गरिएको थियो ।

वि.सं.२०७४ असोज २२ आइतवार ०२:५७ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...