back
CTIZAN AD

डोल्पा काँग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेद्वार सिफारिस

वि.सं.२०७४ असोज २२ आइतवार

1.1K 

shares

२२ असोज, दुनै (डोल्पा) । गुट–उपगुटमा विभक्त नेपाली काँग्रेस, डोल्पामा पछिल्लो समयमा आन्तरिक विवाद चुलिँदै गएको छ ।

तेह्रौ महाधिवेशनबाट निर्वाचित वर्तमान जिल्ला कार्य समिति अवैधानिक भएको भन्दै वर्तमान जिल्ला कार्यसमिति र पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय पक्षधरबीच पटक पटक भइरहेको विवाद कायमै छ ।

डोल्पा काँग्रेसका प्रमुख नेताबीच आन्तरिक विवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेदवार पनि समूहगत हिसाबमा सिफारिस गरेका छन् ।

यहाँबाट दुईवटा प्रदेश र एउटा संघको चुनावका लागि जिल्ला कार्यसमितिको निर्णयअनुसार क्षेत्र नं १ बाट वेगमसिंह ठकुरी र क्षेत्र नंं २ बाट कर्णबहादुर बुढालाई प्रदेशको उम्मेद्वारको रुपमा केन्द्रमा सिफारिस गरिएको पार्टी सभापति अंगतकुमार बुढाले जानकारी दिनुभयो ।

असन्तुष्टको छुट्टै उम्मेदवार

जिल्ला कार्यसमितिको निर्णयलाई बेवास्ता गर्दै जिल्ला पार्टी सचिवसहितको प्यानलले पार्टी सभापतिले गरेको निर्णयप्रति पार्टी सचिव जयनन्द उपाध्याय, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय लगायतले सामूहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेदवार सिफारिस गरेकोे छ ।

उक्त समूहले प्रतिनिधिसभाका लागि दीलबहादुर विष्ट र सुरेश शाहीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

त्यस्तै, सो समूहले १ नम्बर क्षेत्रबाट मीनकुमार शाही, २ नं बाट पार्टीका पूर्वसभापति टंकप्रसाद उपाध्यायको नाम प्रदेशमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

 

वि.सं.२०७४ असोज २२ आइतवार ०३:२८ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...