१२ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेडले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्वीटी फण्ड नामक प्रति इकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी योजना सार्वजनिक गरिएको छ ।
योजनामा कुल ईकाईको १५% अर्थात १,८०,००,००० (एक करोड असी लाख) इकई कोष प्रवर्धक सानिमा बैंक लि. तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लि. लाई सुरक्षित राखी बाँकी १०,२०,००,००० (दश करोड बीस लाख) इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटोमा मंसिर १५ गते शुक्रबार सम्ममा सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको बैंकले जानकारी गराएको छ ।
यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिने छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखी लिएर अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिने छ । इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैया सम्म पु¥याउन सकिने छ ।
योजना सम्बन्धी विस्तृत विवरण (आह्वान पत्र, विवरण पुस्तीका) सानिमा क्यापिटलको बेवसाइट www.sanima.capital बाट हेर्न र डाउनलोड गर्न सकिने छ पनि बैंकले जनाएको छ ।