back
CTIZAN AD

सानिमा बैंकको सानिमा इक्वीटी फण्ड निष्कासन

वि.सं.२०७४ मंसिर १२ मंगलवार

1.2K 

shares

sanima-capital१२ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेडले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्वीटी फण्ड नामक प्रति इकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी योजना सार्वजनिक गरिएको छ ।

योजनामा कुल ईकाईको १५% अर्थात १,८०,००,००० (एक करोड असी लाख) इकई कोष प्रवर्धक सानिमा बैंक लि. तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लि. लाई सुरक्षित राखी बाँकी १०,२०,००,००० (दश करोड बीस लाख) इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटोमा मंसिर १५ गते शुक्रबार सम्ममा सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको बैंकले  जानकारी गराएको छ ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिने छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखी लिएर अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिने छ । इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैया सम्म पु¥याउन सकिने छ ।

योजना सम्बन्धी विस्तृत विवरण (आह्वान पत्र, विवरण पुस्तीका) सानिमा क्यापिटलको बेवसाइट www.sanima.capital बाट हेर्न र डाउनलोड गर्न सकिने छ पनि बैंकले जनाएको छ ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०७:२६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...