छल्काएर आँखाभरी, खुसी किन झार्याै भन
संसारै पो जित्छु भन्थ्यौ, अब के के हार्यौं भन
बाँझो हुँदा तर्किदियौं डुबानमा छु दर्किदियौं
निस्सासिँदा यतातिर, अरु कसलाई तार्याैं भन
मन मुटु मिले पनि, शङ्का पसे लङ्का डढ्छ
भत्काएर आफ्नो घर, कता डेरा सार्याैं भन
भाग्यमा नै ठेस लाग्दा, जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्याै भन
घाम हुँदा छाया थिएँ, तिम्रो सधैँ दायाँ थिए
बहकिएर आफैंलाई, किन आफैँ मार्याैं भन ।
नंखेल–६ भक्तपुर, हाल अमेरिका