back
CTIZAN AD

गजल २४

वि.सं.२०७४ मंसिर १२ मंगलवार

1.9K 

shares

bhupendra-mahat

छल्काएर आँखाभरी, खुसी किन झार्याै भन

संसारै पो जित्छु भन्थ्यौ, अब के के हार्यौं भन

बाँझो हुँदा तर्किदियौं डुबानमा छु दर्किदियौं
निस्सासिँदा यतातिर, अरु कसलाई तार्याैं भन

मन मुटु मिले पनि, शङ्का पसे लङ्का डढ्छ
भत्काएर आफ्नो घर, कता डेरा सार्याैं भन

भाग्यमा नै ठेस लाग्दा, जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्याै भन

घाम हुँदा छाया थिएँ, तिम्रो सधैँ दायाँ थिए
बहकिएर आफैंलाई, किन आफैँ मार्याैं भन ।

नंखेल–६ भक्तपुर, हाल अमेरिका

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०६:५४ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...