back
CTIZAN AD

एनआरएनए युगाण्डाले रक्तदान कार्यक्रमको आयोजना गर्ने

वि.सं.२०७४ मंसिर १३ बुधवार

1.2K 

shares

blood-donationगैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति एनआरएनए युगाण्डाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नोभेम्बर २२ का दिन Acacia मल फुड कोर्टमा बसेको समितिको कार्यसमिति बैठकले २०१८ फरवरीका ११ का दिन रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो ।
संघका अध्यक्ष राजमनी भण्डारीको अध्यक्षतामा बसेको बैठकले रक्तदान गर्ने नेपालीहरुको अन्तिम नामावली १५ डिसेम्बर सम्ममा तयार पार्ने बताएको छ । साथै रक्तदान Acacia Mall kampala मा आयोजना गरिने छ । साथै सो अबसरमा रक्तदान गरी संघको पवित्र अभियानलाई सहयोग गर्न पनि युगाण्डाबासी नेपालीमा अनुरोध गरिएको संघका अध्यक्ष भण्डारीले संसारन्युजलाई जानकारी दिए ।

समितिका उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिव गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रवक्ता कमलदत्त भट्ट, सल्लाहकार रमेश कंडेल, ईश्वरी वस्यालसहितको बैठकले समितिको बैंक खाता संचालन, रक्तदान कार्यक्रमको आयोजना, आर्थिक प्रतिवेदनमाथि छलफल तथा अन्य बैठकका निर्णयहरुका बारेमा छलफल तथा निर्णय गरेको थियो । साथै संघका कोषाध्यक्ष मन्जुल पाठकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि बैठकले पारित गरेको थियो ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ११:११ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...