back
CTIZAN AD

चार महिनामा ३१ जनामा एचआइभीे संक्रमण

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

744 

shares

१५ मंसिर, धनगढी । एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन् ।

सेती अञ्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अञ्चल अस्पताल र टीकापुरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो ।

गत वर्ष यी दुवै सेन्टरमा एक हजार ८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा पछिल्लो एक दशक यता ९सन् २००६ देखि हाल सम्म० एचआइभी संक्रमितको संख्या तीन हजार ४०३ पुगेकोमा दुई हजार ३७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ ।

हाल एआरटी क्लिनिकमार्फत एक हजार १८९ संक्रमितले सेवा लिइरहेका छन् । एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका छन् ।

यसैबीच यस वर्षको विश्व एड्स दिवस कैलालीमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ । अन्तरक्रिया, हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, एचआइभी परीक्षण, सूचना संदेश प्रसारणलगायतका चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०७:४६ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...