back

विपन्न विद्यार्थीलाई आईएमईको छात्रवृत्ति

वि.सं.२०७४ मंसिर १६ शनिवार

459 

shares
IME Limited
NTC AD

global-ime
शिशिर सिंखडा
१६ मंसिर, चितवन । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले स्थापना गरेको छात्रवृत्ति वितरण योजना अन्तर्गत रौतहट र मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । हरेक वर्ष देशभरका १ सय विद्यार्थीलाई वितरण गरिने सो छात्रवृत्ति अन्तर्गत छनोट भएका नेमधारी वासुदेव माध्यमिक विद्यालय, मुडबलवा रौतहटकी छात्रा प्रिया कुमारी जैसवाल र सिद्धार्थ माध्यमिक विद्यालय, हेटौडाकी छात्रा आशिका श्रेष्ठलाई जनही १० हजार रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।
सो छात्रवृत्ति रकमको चेक आईएमईका नारायणी अंचल प्रमुख सुरज पौडेलले विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा प्रदान गरे । सानै उमेरमा आमाको निधन भएपछी अन्तर दृष्टि नेपाल नामक संस्थाको आश्रयमा रहेर पढेकी आशिका र बुवाको पक्षघातका कारण परिवारको आर्थिक अवस्था कमजोर भएकी प्रिया सो छात्रवृत्ति अन्तर्गत छनोट भएका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविशंकर यादव र मोहन प्रसाद शर्माले आफ्नो विद्यालयका विद्यार्थी छनोट भएकोमा खुशी व्यक्त गर्दै आईएमईलाई धन्यवाद दिए ।

अघिल्लो वर्ष पनि नेमधारी वासुदेव माध्यमिक विद्यालयका विजय कुमार यादव छनोट भएका थिए । आफूले पाएको छात्रवृत्ति आफ्नो शैक्षिक उन्नयनका लागि निकै उपयोगी भएको भन्दै उनले पनि आईएमईलाई धन्यवाद व्यक्त गरे । छात्रवृत्ति वितरण कार्यक्रममा आईएमईका नारायणी अंचल प्रमुख सुरज पौडेलले विपन्नताका कारण अध्ययन अगाडी बढाउन समस्यामा परेका विद्यार्थीहरुका लागि यो योजना कोशेढुंगा हुने विश्वास व्यक्त गरे । रेमिट्यान्सको पर्याय जस्तै बनेको आईएमईले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको उनले बताए । रकम पठाउने र पाउने सुविधा मात्र नभई विभिन्न स्कुल कलेजमा सोझै शैक्षिक शुल्क भुक्तानी गर्ने, विद्युत महशुल भुक्तानी गर्ने लगायतका अन्य धेरै सुविधा आईएमईले प्रदान गरिरहेको पनि उनले बताए ।

वि.सं.२०७४ मंसिर १६ शनिवार १०:५७ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...