back
CTIZAN AD

विपन्न विद्यार्थीलाई आईएमईको छात्रवृत्ति

वि.सं.२०७४ मंसिर १६ शनिवार

744 

shares

global-ime
शिशिर सिंखडा
१६ मंसिर, चितवन । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले स्थापना गरेको छात्रवृत्ति वितरण योजना अन्तर्गत रौतहट र मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । हरेक वर्ष देशभरका १ सय विद्यार्थीलाई वितरण गरिने सो छात्रवृत्ति अन्तर्गत छनोट भएका नेमधारी वासुदेव माध्यमिक विद्यालय, मुडबलवा रौतहटकी छात्रा प्रिया कुमारी जैसवाल र सिद्धार्थ माध्यमिक विद्यालय, हेटौडाकी छात्रा आशिका श्रेष्ठलाई जनही १० हजार रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।
सो छात्रवृत्ति रकमको चेक आईएमईका नारायणी अंचल प्रमुख सुरज पौडेलले विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा प्रदान गरे । सानै उमेरमा आमाको निधन भएपछी अन्तर दृष्टि नेपाल नामक संस्थाको आश्रयमा रहेर पढेकी आशिका र बुवाको पक्षघातका कारण परिवारको आर्थिक अवस्था कमजोर भएकी प्रिया सो छात्रवृत्ति अन्तर्गत छनोट भएका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविशंकर यादव र मोहन प्रसाद शर्माले आफ्नो विद्यालयका विद्यार्थी छनोट भएकोमा खुशी व्यक्त गर्दै आईएमईलाई धन्यवाद दिए ।

अघिल्लो वर्ष पनि नेमधारी वासुदेव माध्यमिक विद्यालयका विजय कुमार यादव छनोट भएका थिए । आफूले पाएको छात्रवृत्ति आफ्नो शैक्षिक उन्नयनका लागि निकै उपयोगी भएको भन्दै उनले पनि आईएमईलाई धन्यवाद व्यक्त गरे । छात्रवृत्ति वितरण कार्यक्रममा आईएमईका नारायणी अंचल प्रमुख सुरज पौडेलले विपन्नताका कारण अध्ययन अगाडी बढाउन समस्यामा परेका विद्यार्थीहरुका लागि यो योजना कोशेढुंगा हुने विश्वास व्यक्त गरे । रेमिट्यान्सको पर्याय जस्तै बनेको आईएमईले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको उनले बताए । रकम पठाउने र पाउने सुविधा मात्र नभई विभिन्न स्कुल कलेजमा सोझै शैक्षिक शुल्क भुक्तानी गर्ने, विद्युत महशुल भुक्तानी गर्ने लगायतका अन्य धेरै सुविधा आईएमईले प्रदान गरिरहेको पनि उनले बताए ।

वि.सं.२०७४ मंसिर १६ शनिवार १०:५७ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...