back

सयौँ मजदुरको  रोजीरोटी  रामघाटको बालुवा

वि.सं.२०७४ मंसिर १७ आइतवार

429 

shares
IME Limited
NTC AD

ramaghat-baluwa१७ मंसिर, पोखरा । कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ ।

यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा चाल्ने र चालेको बालुवा थुन्सेमा बोकेर समथर ठाउँसम्म पु¥याउने ।

नदीको किनारमा बालुवा चाल्ने र बोक्नेको धुइँरोजस्तै हुन्छ । परिवारको एक सदस्यले बालुवा चाल्छ भने अरूले बोकेर मिनीट्रक आउने ठाउँसम्म पु¥याउने गर्छन् ।

बुढापाका, तन्नेरी, युवा, युवती र साना बालबालिका पनि सो काममा व्यस्त देखिन्छन् । काम गर्न नसक्ने बालबच्चा त्यही खेलिरहेका हुन्छन् । पोखराको नगर क्षेत्र भएर बग्ने सेती नदी केही ठाउँमा गहिरिएर र केही ठाउँमा चाक्लिएर बगेको छ । रामघाटमा नदी चााक्लिएर बगेकाले वर्षायाममा त्यो ठाउँमा नदीले बालुवा, गिट्टी र ढुंगा ल्याएर थुपारिदिन्छ ।

हिउँदमा नदी सुकेर सानो भएपछि मजदुरले बाँसका अस्थायी पुल पुलेसा बनाउँछन् र किनारमा थुपारिएको बालुवा वारिपारि बोकेर थुपार्छन् र बिक्री गर्छन् ।

सयौँ मजदुरको जमघट र कार्यथलो त्यही भएकाले चिया खाजाको व्यापार पनि हुन्छ । भारतीय मूलका मानिसले तयारी खाजा र चिया लिएर त्यही पुग्छन् र उनीहरुको व्यापार पनि राम्रो छ ।

चालेको र गुणस्तरीय पनि भएकाले रामघाटको बालुवा घर निर्माण गर्ने ग्राहकको पहिलो रोजाइमा पर्छ । समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न दुई दर्जनभन्दा बढी मिनी ट्रक र ट्र्याक्टर तयारीमा हुन्छन् ।

विभिन्न स्थानका धेरै मजदुर बालुवा ओसार्ने काममा व्यस्त देखिन्छन् । लमजुङका ६० वर्षीय साइला गुरुङ रामघाटको बालुवा बोक्न लागेको १० वर्षभन्दा बढी भएको बताउनुहुन्छ ।

त्यस्तै उदयपुरका भीम मगर, तनहुँ घाँसीकुवाका गोविन्द रिजाल, काठमाडौँ साँखुका प्रेम श्रेष्ठले पनि धेरै वर्षदेखि बालुवा चाल्ने र बोक्ने काम गर्दै आउनुभएको जानकारी दिनुहुन्छ ।

जिल्ला समन्वय समितिले पनि रामघाटको बालुवा खानी टेण्डरबाट यस वर्ष रु पाँच करोड २० लाख आम्दानी गरेको लेखा अधिकृत रोमनाथ उपाध्याय बताउनुहुन्छ ।

पोखराको शान्ति वन वाटिकामा प्रकाश ढुवानी सेवा सञ्चालन गर्दै आउनुभएका प्रकाश पहारीले रामघाटको बालुवा बिक्रीबाट वार्षिक रु सात करोडभन्दा बढीको कारोबार हुने गरेको बताउनुहुन्छ ।

वि.सं.२०७४ मंसिर १७ आइतवार ०६:४७ मा प्रकाशित

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै...