Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

जिप खोलामा खस्दा चालकको मृत्यु



१७ मंसिर, गौर, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिनुभयो । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जिप दुर्घटनामा परेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको