back
CTIZAN AD

चिर्पटले हानेर पूर्व प्रधानाध्यापकको हत्या

वि.सं.२०७४ मंसिर १९ मंगलवार

858 

shares

१९ मंसिर, बेँसीशहर, लमजुङ । लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको थियो ।

जिल्लामा उपचार हुन नसकेपछि श्रेष्ठलाई पोखरा लगिएको र पोखराबाट पनि थप उपचारको लागि काठमाडौँको न्यूरो अस्पताल लगिएको थियो । काठमाडौँमा उपचारकै क्रममा सोमबार श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ स्थानीय रत्न प्राविका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो ।

श्रेष्ठको मृत्युपछि अभियुक्त गुरुङ फरार छन् । फरार अभियुक्तको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार १२:२५ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...