२१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले आफैलाई मतदान गरेकी छन् ।
कन्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी विना मगर कन्चनपुर क्षेत्र नं १ मा रहेको रामबस्ति मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
एमाले माओवादी संयुक्त वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी मगर कन्चनपुरबाट प्रतिनिधिसभाकी एक्ली महिला उम्मेदवार हुन् ।
मतदान पछि मगरले आफ्ना मतदाताको विस्वास गुम्न दिने बताउँदै यो मतदानपछि देश नयाँ युगमा प्रवेश गर्ने विस्वास लिएको बताएकी थिइन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी समेत रहेकी नेतृ मगरका श्रीमान प्रकाश दाहालको मंसिर ३ गते हृदयघातबाट मृत्यु भएको थियो । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै शोकका बाबजुत पनि मगर चुनावी प्रचार प्रसारमा खटिएकी थिइन् ।

उनले निर्वाचनका बेला जीवनसाथी गुमाउनु परेको पीडा ठूलो भएपनि भएपनि व्यक्तिगत पीडा भन्दा देशलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी अझ ठूलो भएको चुनावी प्रचारका क्रममा बताएकी थिइन् ।
सोहि क्षेत्रमा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
तस्बिर ः भाइकाजी घिमीरे
वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:५७ मा प्रकाशित






























