back
CTIZAN AD

काठमाडौँका चर्चित नेताहरु कसले कहाँबाट गरे त मतदान ? (तस्बिर सहित)

वि.सं.२०७४ मंसिर २१ बिहीवार

777 

shares

pokhrel

२१ मंसिर, काठमाडौँ । आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

  prakashman

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गर्नुभयो । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गर्नुभएको छ ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

त्यसैगरी, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गर्नुभयो ।

gagan-thapa

त्यस्तै, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गर्नुहुनेछ । काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौँ महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गर्नुहुने भएको छ ।

rajanbhattarai

एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमूखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

rabindra-mishra

संघीय समाजवादी फोरम नेपालका सहसअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ काठमाडौँ क्षेत्र नं ७ को समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

यस्तै, काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उहाँको मतदाता नामावली भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौँ क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०४:५१ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...