
२२ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको दोश्रो चरणको बिहिबार सम्पन्न काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । शुक्रबार बिहाँन सर्वदलिय बैठक बसेर विहाँन १० बजेबाट मतगणना सुरु गरिने भने र भनिए पनि दलका प्रतिनिधिहरुको अनुपस्थितिका कारण अन्य क्षेत्रको मतगणना हुन नसकेको बताइएको छ । साथै क्षेत्र नं १ को मतगणना परिणाम केही समयपछि जानकारी गराइने पनि काठमाडौं निर्वाचन कार्यालयका प्रमुखले जनाएका छन् ।
काठमाडौं क्षेत्र नं १ लाई रोचक रुपमा हेरिएको छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र त्रिपक्षीय प्रतिश्प्रर्धामा छन् ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०६:१८ मा प्रकाशित