back

अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग

वि.सं.२०७४ मंसिर २३ शनिवार

381 

shares
IME Limited
NTC AD

 २३ मंसिर, काठमाडौँ : अपाङ्गतासम्बन्धी संविधानिक अधिकारसँगै भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अपाङ्गता भएका अधिकारकर्मीले माग गरेका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यहाँ आज आयोजित स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिबीच अनुभव आदान–प्रदान कार्यक्रममा अधिकारकर्मीले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानमा समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, शिक्षासम्बन्धी हक र महिलाको हकलगायत अन्य हकमा अपाङ्गताको अधिकारलाई समावेश गरिए पनि ‘अपाङ्गताको हक’ का रूपमा भने छुट्टै धाराको व्यवस्था गरिएको छैन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले लामो समयको संघर्षपछि अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । ‘अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ’ भन्ने शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ ।

मनोसामाजिक अपाङ्गता भएकाको लागि छुट्टै दफाको व्यवस्था पनि गरिएको छ जुन यसभन्दा अघिको ऐनमा थिएन । अपाङ्गताको नाममा गैरअपाङ्गले सेवा सुविधा लिँदा पहिलेको ऐनमा कारबाही गर्ने व्यवस्था थिएन भने अहिले त्यो व्यवस्था पनि गरिएको छ ।

माई राईट स्वीडेनका कार्यक्रम अधिकृत मिकेल फाग्रेवर्गले नेपालमा अपाङ्गतासम्बन्धी अधिकार ढिलै भए पनि प्राप्त भएको सन्दर्भमा त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।

नेपालको पछिल्लो जनगणना–२०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कुल जनसंख्या पाँच लाख १३ हजार रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १५:३४ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...