back
CTIZAN AD

अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग

वि.सं.२०७४ मंसिर २३ शनिवार

696 

shares

 २३ मंसिर, काठमाडौँ : अपाङ्गतासम्बन्धी संविधानिक अधिकारसँगै भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अपाङ्गता भएका अधिकारकर्मीले माग गरेका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यहाँ आज आयोजित स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिबीच अनुभव आदान–प्रदान कार्यक्रममा अधिकारकर्मीले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानमा समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, शिक्षासम्बन्धी हक र महिलाको हकलगायत अन्य हकमा अपाङ्गताको अधिकारलाई समावेश गरिए पनि ‘अपाङ्गताको हक’ का रूपमा भने छुट्टै धाराको व्यवस्था गरिएको छैन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले लामो समयको संघर्षपछि अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । ‘अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ’ भन्ने शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ ।

मनोसामाजिक अपाङ्गता भएकाको लागि छुट्टै दफाको व्यवस्था पनि गरिएको छ जुन यसभन्दा अघिको ऐनमा थिएन । अपाङ्गताको नाममा गैरअपाङ्गले सेवा सुविधा लिँदा पहिलेको ऐनमा कारबाही गर्ने व्यवस्था थिएन भने अहिले त्यो व्यवस्था पनि गरिएको छ ।

माई राईट स्वीडेनका कार्यक्रम अधिकृत मिकेल फाग्रेवर्गले नेपालमा अपाङ्गतासम्बन्धी अधिकार ढिलै भए पनि प्राप्त भएको सन्दर्भमा त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।

नेपालको पछिल्लो जनगणना–२०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कुल जनसंख्या पाँच लाख १३ हजार रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १५:३४ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...