२३ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपेन्द्रले आफ्ना प्रतिद्धन्द्धी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उमेश यादवलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।
उपेन्द्रले २१ हजार ६२० मत ल्यायर जित हासिल गरेका छन् भने उमेशले ११ हजार ५८० मत ल्याएका छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ११:४८ मा प्रकाशित






























