२३ मंसिर, काठमाडौ । काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका छन् । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले ७ हजार ४७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा कुल ५२ हजार १३५ मत खसेको थियो ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ११:३६ मा प्रकाशित






























