back
CTIZAN AD

विजयी रयालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

वि.सं.२०७४ मंसिर २५ सोमवार

1K 

shares

२५ मंसिर, नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले चलाएको बा२८प २१९४ नंं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०४:०९ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...