back
CTIZAN AD

यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार

वि.सं.२०७४ पुस १ शनिवार

804 

shares

narayan-gpal

१ पुस, काठमाडौँ । राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय पनि गरेको छ ।

अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा शुक्रबार नै बसेको बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले वर्षेनी नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ ।

वि.सं.२०७४ पुस १ शनिवार ०७:०६ मा प्रकाशित

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...