back
CTIZAN AD

एचआइभी संक्रमित समाजमा खुल्दै

वि.सं.२०७४ पुस १ शनिवार

684 

shares

१ पुस, रामपुर, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् ।

सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुलाई बढाउँदै छन् ।

जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये हाल ४१ जना बिरामी समाजमा खुलैर हिँड्ने गरेका छन् । एचआइभी संक्रमित बिरामीमध्ये ८७ प्रतिशतले नियमित एआरटी सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको एक मात्र मिसन अस्पतालबाट संक्रमित बिरामीका लागि निःशुल्करुपमा एआरटी सेवा प्रदान गरिँदै आएको छ ।

अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा बिस्तारै खुल्न थालेको उहाँले बताउनुभयो ।

जिल्लाका एचआइभी संक्रमित अहिले प्रतिबद्ध सहयोग समूह गठन गरेर गाउँगाउँमा जनचेतना फैलाउँदै आइरहेको समूहकी अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । उहाँ एचआइभी संक्रमित भएको अहिले २२ वर्ष भइसक्यो । नियमित औषधि सेवन गरेका कारण अरुसरह नै समाजमा जीवन जिउँदै आएको कुँवरको भनाइ छ ।

“एचआइभी संक्रमित आफूमा छ भनेर आत्तिहाल्नु पर्दैन, नियमित औषधि सेवन गरियो भने लामो समयसम्म अन्य व्यक्तिसरह नै बाँच्न सकिन्छ”– उहाँले भन्नुभयो । उहाँ आफू पनि समाजमा खुल्नुभयो र अरु संक्रमित बिरामीलाई पनि समाजको संकुचित घेराबाट बाहिर ल्याउने प्रयत्नमा जुट्नुभएको छ ।

व्यक्तिलाई राम्रो र नराम्रो दर्जा दिने भनेको हाम्रो अन्धविश्वास र रुढीवादी समाज हो । अन्धविश्वास र रुढीवादी समाजको घेराबाट बाहिरी संसारमा खुलेआम निस्किएर सबैसँग हातेमालो र सहकार्य गरेर एचआइभी संक्रमितलाई अगाडि बढ्न जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ठूलो सघाउ पु¥याएको छ । एचआइभी संक्रमितलाई दीर्घ जीवन बाँँच्न हातेमालो गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ पुस १ शनिवार ०७:०२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...