back

आउनुहोस् हातेमालो गरौँ, एनआरएनएलाई राजनीतिक हावाबाट बचाऔँ

वि.सं.२०७४ पुस १ शनिवार

492 

shares
IME Limited
NTC AD

narbahadur-tandanविदेशमा बस्ने नोपलीहरुको छाता संगठनका रुपमा स्थापना गरिएको भनिएको गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आशा देखाउने तर काम नगर्ने गरेको गुनासो क्यानडाका नरबहादुर टन्डनको छ । क्यानडाका लागि पर्यटन दूतसमेत रकेका टण्डनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “ नेपालको आर्थिक र सामाजिक विकासमा यो गर्छु र त्यो गर्छु भनेर खोक्ने एनआरएनए का लिडर भनाउदाहरुले झिगां पनि नमारेको देख्दा आस्चार्य लागेर आउछ ।”

संसारको शक्तिसाली राष्ट्र अमेरिकामा करिब तिन लाखको हाराहारीमा प्रवासी नेपालीहरु बस्ने गर्छन र सरकारी उच्च पदमा सम्म पुगेका छन । ति प्रवासी नेपालीहरु विभिन्न व्यवसायमा पनि सफल भएको कुरा अवगतै छ ।

truck-of-tandanतर दुरभाग्यबस एनआरएनए अमेरिकाले जुन तरिकाले प्रवासी नेपालीहरुलाई समेटेर लग्नु पर्ने हो त्यसरी लग्न सकेको छैन, उनी बताउँछन् । यसको मुल कारण उनी राजनीतिलाई मान्छन् ।

एनआरएनए क्यानडाको कुरा गर्दा आफैलाई लाज लाग्छ, उनले अघि लेखेका छन् सक्षम र दक्ष व्यक्तिहरुलाई मंचमा आउन नदिई खुट्टा तान्ने प्रवृती यहाँ रहेको छ ।” कुरा ठूला गर्नेहरुले सहयोग नगरी फर्किएको देख्दा प्रश्न गर्दै भनेका छन् “हालै मात्र संपन्न एनआरएनए ग्लोवल सम्मेलनमा भाग लिन गएका एनआरएनए क्यानडाका प्रतिनिधीहरुले संथागत वा व्यक्तिगत एक सय डलर पनि सहयोग नगरेको देख्दा नेपालले के आसा गर्ने ? ”

राम्रो काम गर्छु भनेर गर्नेहरुलाई सहयोग नहुने गरेकोप्रति कटाक्ष गर्दै भन्छन् “ सरोसरी भन्दा नेपालको लागी केही राम्रो काम गर्छु भन्ने र काम गर्ने ईच्छुक व्यक्तिहरुलाई न त कसैले सहयोग गर्छन न त आफुले नै गर्छन ।” के एनआरएनए भनेको राजनिती गर्ने खुला मैदान हो ? यसरी कहिले सम्म एनआरएनएले राजनितीको झोला बोक्ने रु यो सोचनिय विषय वनेको छ, टण्डन बताउँछन् ।

उनले एनआरएनएभित्र छिरेको राजनीतिक प्रवावलाई रोक्नु पर्ने भन्दै आह्वान गरेका छन् “आउनुहोस र हातेमालो गरौ । एनआरएनए लाई नेपालको राजनितिक हावाबाट बचाउ र यहाँको स्थानिय राजनिति संग आवद्द रहौ । साथै यहाँ भएको विकासका पुर्वधारहरुको अध्यन गरौ र सो कुरालाई नेपालमा प्रयोग गरी नेपालको आर्थिक, सामाजिक र भौगोलिक रुपमै सहयोग गरी सक्षम बनाउ । ”

व्यक्तिगत रुपमै ट्रकलाइ मिनी नेपाल बनाएर क्यानडा र अमेरिकी राजमार्ग अनि शहरहरूमा गुठाउँदै हिड्ने उनी नेपालको मुल विकासको मेरुदण्ड भनेकै पर्यटन भएकोमा जोड दिन्छन् । आफूले विगत ५ वर्ष देखि नेपालको बारेमा प्रचार प्रसार गर्दै हिडेको जानकारी गराउँदै सो कामलाई ससक्त रुपमा प्रभावकारी बनाउन यहाँहरुको पनि सल्लाह र सहयोग हुनु आवश्यक रहेको उनी ठान्दछन् ।

वि.सं.२०७४ पुस १ शनिवार १३:५० मा प्रकाशित

यी हुन् स्वाधिनतापूर्वक जिउने कला

यी हुन् स्वाधिनतापूर्वक जिउने कला

स्वाधिन जीवन स्वाधिनता भनेको स्वनिर्भर भएर मानिसको जीवन जीउने कला...

वि.पि. मार्गमा आमालाई सम्झँदा

वि.पि. मार्गमा आमालाई सम्झँदा

रोशी खोलामा आएको गतवर्षको बाढिले बल्लतल्ल भएपनि आमाको हातको टिका...

दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ

दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ

समाजलाई हेर्ने, बुझ्ने र भोगेका समस्या, भनौ दुःख, सुख, खुसी,...

सम्मानजनक जीवन यापनका उपाय

सम्मानजनक जीवन यापनका उपाय

एक सम्मानजनक जीवनको अर्थ हो जहाँ व्यक्तिहरूलाई सम्मानको साथ व्यवहार...

हाम्रो गाउँमा आएको परिवर्तन

हाम्रो गाउँमा आएको परिवर्तन

आफ्नै जन्मथलो, हुर्केको गाउँतिर जान मन सधैं लालायित रहन्छ। त्यहाँका...