back
CTIZAN AD

रक्तदान सफल बनाउन सहयोगका लागि एनआरएनए युगााण्डाको अनुरोध

वि.सं.२०७४ पुस ७ शुक्रवार

639 

shares

blood-donationएनआरएनए युगााण्डाले रक्तदान कार्यक्रम सफल बनाउन सबैलाई अनुरोध गरेको छ । संघका अध्यक्ष राजमणि भण्डारीको अध्यक्षतामा डिसेम्बर २० का दिन बसेको संघको बैठकले आगामी ११ फरवरीका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा सबैलाई सहयोग गर्न संघले अनुरोध गरेको छ ।
रक्तदान सफल पार्न आ–आफ्नो क्षेत्रबाट प्रचार प्रसार गरि सबै जानकारी गराइदिन पनि अध्यक्ष भण्डारीले सम्पूर्ण सदस्यहरुलाइ अनुरोध गरेका छन् । । औपचारिक रूपमा रेडक्रस र ब्लड बैंकका प्रमुखलाई यहीँ जनवरी २–३ तारीख ईमेल गरि पुन भेट् गरि सरसल्लाह गर्ने पनि बताइएको छ ।
अध्यक्ष राममणी भण्डारी, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचीव गंगालाल खरेल, कोषाअध्यक्ष मंन्जुल पाठक, प्रबक्ता कमल दत्त भट्ट, ठाकुर ज्ञवाली लगायत रहेको बैठकमा रक्तदान कार्यक्रम सफल पार्नका लागि अहिलेसम्म हासिल गरिएका उपलब्धि तथा कामहरुको बारेमा अध्यक्ष भण्डारीले जानकारी गराएका थिए ।
त्यस्तै ब्लड बैंक र रेडक्रस, कुनै पनि संस्थाले रक्त दान कार्यक्रम गर्दा ब्लड बैंक बाट आधिकारिक रुपमा र कानुनी रुपमा अनुमति लिनु पर्ने हुँदा र रेडक्रस सोसाइटी सहयोग लिएर गर्दा संस्थालाइ केहि सहज र राहत हुने हुँदा सो सम्बन्धमा अध्यक्ष, उपाध्यक्ष र महासचीव लगायतको समुहले सम्बन्धीत संस्थासँग छलफल गरिएको । संस्थाले गर्न लागेको उक्त रक्तदान कार्यक्रमका बारेमा जानकारी दिँदा उत्साहित र सकारात्मकता व्यक्त गरेको पनि अध्यक्ष भण्डारीले बैठकमा सुनाएका थिए ।

त्यस्तै सोहि बैठकमा आर्थिक रुपमा हालसम्म संस्थासँग लगभग २ मिलिएन युगान्डा सिलिन्ङ मात्र रकम रहेको हुँदा रक्तदान कार्यक्रम गर्न केहि रकम को अभाव पर्ने कसरी रकम जुटाउन सकिन्छ भनेर प्रस्ताव राख्नुको साथै यसलाइ अर्को बैठकमा पुनः छ्लफल र गरि समाधान गर्ने निर्णय समेत गरिएको छ ।

वि.सं.२०७४ पुस ७ शुक्रवार ०५:०० मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...