back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजको बृहद भेला हुँदै

वि.सं.२०७४ पुस ७ शुक्रवार

630 

shares

parbat-samaj-logoस्वीटजरल्याण्ड । संसार भरि छरिएर बसेका पर्बतबासी नेपालीहरुको बेल्जियममा भेला हुने भएको छ । पर्बतेलीहरुको छाता संगठन पर्बत समाज अन्तराष्ट्रियको आउँदो २७ तारिख बेल्जियममा हुन गइरहेको समितिको दोस्रो बैठक र बृहत भेलाको तयारी भैरहेको हो ।

गत १३ अक्टोबरको दिन काठमान्डौमा एक भेला गरि स्थापना गरेको पर्बत समाज अन्तराष्ट्रियको यस दोश्रो भेलामा ग्लोबल बैठक सहित भाबि योजना र संस्थागत बिकास बारेमा बृहत छलफल गरिने संस्थाका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो ।

नछोड्नु मुलुक छोडिसकेपछि, परिवार, आफन्त, साथिभाई छोडेर बिरानो ठाउँमा पुगेपछी एक्लोपनको अवश्य महशुस सबैलाई हुन्छ । यस्तोबेला आफ्नो देश, जिल्ला, क्षेत्र, अझ गाउँकै कोहि भेटिंदा हुने खुशीको कुनै बर्णन गर्न सकिदैन भन्दै पर्बत जिल्लाबाट विभिन्न देशमा छरिएर रहनु भएका पर्बतबासी नेपालीहरुलाई उपस्थितको लागि संस्थाले अनुरोध गरेको छ ।

त्यस्तै बैठक पश्चात डिनर सहीत चर्चित गायक बसन्त थापा र नर बहादुर बि सीको उपस्थितीमा साँगतिक कार्यक्रम समेत तय गरिएको पर्बत समाज बेल्जियमका सल्लाहकार खड्क बहादुर केसीले जानकारी दिनुभयो ।

मिति – २७ डिसेम्बर ,२०१७ बुधबार
समय – बिहान ठिक १०.०० बजे

स्थान – Hotel De Spiegel

Stationstraat 3

9100 Sint Niklaas

Belgium

वि.सं.२०७४ पुस ७ शुक्रवार ११:०९ मा प्रकाशित