back
CTIZAN AD

थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

वि.सं.२०७४ पुस ७ शुक्रवार

615 

shares

hongsi cement

७ पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ ।

नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि उद्यमीले ५० मेगावाट विद्युत् उत्पादन गर्ने गरी थर्मल प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ ।

नेपालको विशाल समूह र चीनको होङ्सी समूहको संयुक्त लगानीमा नवरपरासीको सर्दीमा उद्योग स्थापना भएको छ । आगामी फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारीमा उद्योग छ । कूल रु ३६ अर्ब लागतमा उद्योग स्थापना भए पनि विद्युत्का लागि थप रु एक अर्ब ३६ करोड लगानी गर्नुपर्ने होङ्सी शिवम् उद्योगका नायब महाप्रबन्धक गौरव गोयलले जानकारी दिनुभयो ।

उद्योग स्वयम्ले सुधारिएको स्टिम इञ्जिन प्रणालीबाट खेर जाने धुलोलाई प्रयोग गरेर १२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी रहेको छ । उद्योगबाट दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । कूल ८० मेगावाट विद्युत् उपलब्ध भए दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सकिने गोयलको भनाइ छ ।

सरकारले उद्योग र कलकारखानाका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसारको काम हुन सकेको छैन । सरकारले आफ्नै प्रतिबद्धता पूरा नगरेका कारण होङ्सी शिवम् सिमेन्ट उद्योगमा समस्या देखिएको हो । मुलुकमा औद्योगिक वातावरण बनाउने भन्दै एक दशक अगाडि उद्योग स्थापनामा गर्ने क्षेत्रमा अत्यावश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति ल्याएको थियो । तर सो नीति हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

आवश्यक विद्युत् उपलब्ध नभएका कारण उद्योग स्वयंले नै १७ वटा आफ्नै डिजेल प्लान्ट राख्ने काम शुरु गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो आयोजनामा सरकारले दुई वर्षभित्र विद्युत् जोड्ने आश्वासन दिएको गोयल स्मरण गर्नुहुन्छ । प्राधिकरणले भने सरकारको अनुरोधपछि बर्दघाट सर्दी प्रसारण लाइन निर्माणको काम अगाडि बढिसकेको जानकारी दिएको छ ।

तर आगामी फागुनबाट सिमेन्ट उत्पादन गर्ने तयारीमा रहेको उद्योगसम्म पु¥याउने प्रसारण लाइनको सर्वेक्षण मात्रै सम्पन्न भएको छ । मुलुकमा ठूला भौतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक पर्ने सिमेन्ट भारतलगायतका मुलुकबाट आयात भइरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि गुणस्तरीय सिमेन्टमा देखिएको परनिर्भरता केही हदसम्म भए पनि अन्त्य हुने बताइएको छ ।

उद्योगका महाप्रबन्धक लाई विपेङले बिजुलीसँगै सडक र वन क्षेत्रको जग्गा प्रयोगमा समेत समस्या रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको दुम्कीबासबाट १२ किमी उत्तरी क्षेत्रमा स्थापना गरिएको उद्योगसम्म पुग्ने सडक उद्योग स्वयंले निर्माण गरेको छ । सडक ग्राभेलिङ गरिएको छ । उक्त सडक कालोपत्र गर्ने जिम्मा सरकारको हो ।

उद्योगले चुनढुंगा निकाल्ने पाल्पाको ज्यामिरेमा वन मन्त्रालयले आवश्यक सहजीकरण नगरेको नायब महाप्रबन्धक गोयलको भनाइ छ । वन मन्त्रालयले चुनढुंगा निकाल्ने स्थान बराबरको जग्गा उस्तै वातावरणमा खरिद गरेर उपलब्ध गराउन उद्योगलाई भनेको छ । उद्योगमा दैनिक एक हजार ५०० मजदुर कार्यरत छन् । स्थानीयस्तरमा रोजगारी उपलब्ध भएको छ भने सिमेन्ट आयातमा देखिएको परनिर्भरतासमेत अन्त्य हुने विश्वास लिइएको छ ।

उद्योगले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने दाबी गरेको छ । जलविद्युत् आयोजना, पुल तथा ठूला संरचना बनाउन नेपालका अन्य सिमेन्ट उद्योगको गुणस्तर नपुग्ने भन्दै नायब महाप्रबन्धक गोयलले होङ्सी शिवम् सिमेन्ट उद्योगले नेपालमा पहिलोपटक उच्च क्षमताको सिमेन्ट उत्पादन हुन लागेको जानकारी दिनुभयो ।

वि.सं.२०७४ पुस ७ शुक्रवार ११:१८ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...