back
CTIZAN AD

कालो धान एक रोपनीमा आठ क्विन्टल उत्पादन

वि.सं.२०७४ पुस ८ शनिवार

747 

shares

black-rice-bowl

८ पुस, अछाम  : रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ । यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उहाँले बताउनुभयो ।

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताउनुभयो । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उहाँको भनाइ छ ।

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ ।

कृषकलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

वि.सं.२०७४ पुस ८ शनिवार १४:२३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...