back
CTIZAN AD

कतारमा सोनाम ल्होछार भव्यरुपमा मनाइदै

वि.सं.२०७४ पुस १२ बुधवार

759 

shares

lochharकतारमा सोनाम ल्होछार भव्य रुपमा मनाइने भएको छ । नेपाली प्रवासी तामाङ समाज कतारको आयोजनामा १९ जनवरीका दिन तामाङ जातिको महान पर्व मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो (कुकुर वर्ग) बृहत सांस्कृति कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ ।
अलदाना रिर्सोट ओम सलाल अलीमा १९ जनवरीका दिन बिहाँन १० बजेदेखि मनाईने उक्त सोनामा ल्होछार कार्यक्रममा कतारमा रहनुहुने सम्पूर्ण तामाङ समुदायलाई उपस्थितिका लागि नेपाली प्रवासी तामाङ समाज कतार ल्होछार मुल आयोजक समिति २०१८ ले अनुरोध गरेको छ ।
सो अवसरमा चर्चित कलाकारहरु सेलो गायक प्रयास दोङ, मोडल÷डान्सर डोल्मा मानाङ् थेन, चर्चित गायक विजय लामा, मोडल\नायिका रुपा एस घले तामाङ, मेहेन्दोमाया गायक जयबिर तामाङ लगायतको सांगितीक तथा नृत्य प्रदर्शन हुनेछ ।
नेत्र वाइवा तामाङ संयोजक, उद्घोषक धिरेन तामाङ तथा उद्घोषिका गुराँस ग्लान तामाङ रहेको उक्त कार्यक्रममा अन्य कलाकारहरु डान्सर आरबि तामाङ,नवराज तामाङ,अस्मिता तामाङ,उषा तामाङ,मनिषा लोप्चन, सिर्चेन तामाङ, सेलो गायक एस.वि मोक्तान, सल्मा बोम्जन, हिमाल लुङ्वा, डान्सर रजिना तामाङ, मेहेन्दो माया गायक मोईराम तामाङ, डान्सर मोनिका तामाङ,सुस्मिता तामाङ, डान्सर कैलाश मगर, डान्सर समीर तामाङ,डान्सर अमित गुरुङ, डान्सर अङिग्र तामाङ र सविना लोप्चनको पनि सांगीतिक तथा नृत्य प्रदर्शन रहेको छ ।

‘तामाङ जातिको  परिवर्तन र शैक्षिक तथा आर्थिक सुदृढीकरण’  भन्ने मुल नारा सहित  सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी  तामाङ समाज कतारले  विभिन्न गतिबिधिहरु सहित सामाजिक काममा सक्रिय भूमिका खेल्दै आएको छ ।

वि.सं.२०७४ पुस १२ बुधवार ०९:१७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...