
कतारमा सोनाम ल्होछार भव्य रुपमा मनाइने भएको छ । नेपाली प्रवासी तामाङ समाज कतारको आयोजनामा १९ जनवरीका दिन तामाङ जातिको महान पर्व मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो (कुकुर वर्ग) बृहत सांस्कृति कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ ।
अलदाना रिर्सोट ओम सलाल अलीमा १९ जनवरीका दिन बिहाँन १० बजेदेखि मनाईने उक्त सोनामा ल्होछार कार्यक्रममा कतारमा रहनुहुने सम्पूर्ण तामाङ समुदायलाई उपस्थितिका लागि नेपाली प्रवासी तामाङ समाज कतार ल्होछार मुल आयोजक समिति २०१८ ले अनुरोध गरेको छ ।
सो अवसरमा चर्चित कलाकारहरु सेलो गायक प्रयास दोङ, मोडल÷डान्सर डोल्मा मानाङ् थेन, चर्चित गायक विजय लामा, मोडल\नायिका रुपा एस घले तामाङ, मेहेन्दोमाया गायक जयबिर तामाङ लगायतको सांगितीक तथा नृत्य प्रदर्शन हुनेछ ।
नेत्र वाइवा तामाङ संयोजक, उद्घोषक धिरेन तामाङ तथा उद्घोषिका गुराँस ग्लान तामाङ रहेको उक्त कार्यक्रममा अन्य कलाकारहरु डान्सर आरबि तामाङ,नवराज तामाङ,अस्मिता तामाङ,उषा तामाङ,मनिषा लोप्चन, सिर्चेन तामाङ, सेलो गायक एस.वि मोक्तान, सल्मा बोम्जन, हिमाल लुङ्वा, डान्सर रजिना तामाङ, मेहेन्दो माया गायक मोईराम तामाङ, डान्सर मोनिका तामाङ,सुस्मिता तामाङ, डान्सर कैलाश मगर, डान्सर समीर तामाङ,डान्सर अमित गुरुङ, डान्सर अङिग्र तामाङ र सविना लोप्चनको पनि सांगीतिक तथा नृत्य प्रदर्शन रहेको छ ।
‘तामाङ जातिको परिवर्तन र शैक्षिक तथा आर्थिक सुदृढीकरण’ भन्ने मुल नारा सहित सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले विभिन्न गतिबिधिहरु सहित सामाजिक काममा सक्रिय भूमिका खेल्दै आएको छ ।