back
CTIZAN AD

आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख

वि.सं.२०७४ पुस १४ शुक्रवार

882 

shares

fire

१४ पुस, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ ।

गत शनिबार दिउँसो आगलागी हँुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा (एमाले) म्याग्दीद्वारा संकलन भएको रु एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराइएको हो ।

सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा (एमाले) जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावल लगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो ।

आगलागीबाट घरभित्रको सम्पूर्ण सामानसहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठूलो क्षति व्यहोरेको समयमा नेकपा (एमाले) म्याग्दीले बेनीमा संकलन गरी उपलब्ध गराएको सो सहयोगले पीडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको भन्दै पीडितले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका छन् ।

वि.सं.२०७४ पुस १४ शुक्रवार ०५:३५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...