back
CTIZAN AD

महोत्तरीका महिलामा चेतना वृद्धिका साथै आर्थिकरुपमा सबल हँुदै

वि.सं.२०७४ पुस १४ शुक्रवार

648 

shares

madhesh

१४ पुस, महोत्तरी  । वर्षौंदेखि घुम्टोमा घरमै बसेर रु एकका लागि अरूको मुख ताक्नुपर्ने मधेशी समुदायका महिलाका लागि महोत्तरी गौशाला नगरपालिकाका महिलालाई समग्र उत्थान विकास केन्द्रले गाउँमै गएर समूहमा आबद्ध गराएपछि यहाँका महिलामा चेतना अभिवृद्धि हुनाका साथै बचत गर्ने बानी बसाएको छ ।

गौशाला नगरपालिका–८ की रामसखी देवी अध्यक्ष रहेको शान्ति समाजमा हाल रु २० हजार बचत भएको छ । शुरु शुरुमा प्रतिमहिना रु २० का दरले बचत गर्ने बानी बसालेका त्यहाँका गृहिणीले अहिले रु २०० का दरले कोषमा जम्मा गर्दै आएका छन् । समूहमा आबद्ध भएपछि अरूसँग निर्धक्क भएर बोल्नाका साथै आर्थिक कारोबारमा समेत यहाँका महिला सिपालु भएको अध्यक्ष रामसखीले बताइन् ।

त्यस्तै, गौशाला–२ निगौलकी भागवतीदेवी साहका अनुसार समूहमा आबद्ध भएपछि सदस्यमा ज्ञान एवम् चेतनामा वृद्धि भएको छ । सोही संस्थामा आबद्ध भएर यहाँका महिला गाउँमा हरेक छलफलमा सहभागी हुनाका साथै अधिकार खोज्न र फैसला गर्नका लागिसमेत तयार रहँदै आएको सोही संस्थामा आबद्ध भएकी वेलगाछीकी शैलेदेवी साहले बताइन् ।

आफूहरुले वर्षौंैदेखि घुम्टोमा रहँदै आएका महिलालाई चेतना फैलाउनाका साथै परेको खण्डमा सहयोगसमेत गर्दै आएको साहले जानकारी दिइन् । समूहमा आएर समय बर्बाद नगरेर अधिकार खोज्नाका साथै आइपरेको खण्डमा समूह हरेक किसिमको सहयोग गर्न तयार रहेको सोनमा गाउँपालिका मगरथानाकी सुमित्रादेवी यादवले बताइन् ।

सुदामा परिवारकी कोषाध्यक्ष रीतादेवीका अनुसार समाजमा अहिले पनि भेदभाव जस्तो कुरीतिले जरा गाडेकाले यसलाई सबैले मिलेर हातेमालो गरे मात्र समाजबाट यस्ता कुरीतिहरु अन्त्य हुने धारणा राखेकी छिन् ।

गरिब एवम् विपन्न परिवारले सानोतिनो कामकाज एवम् बिरामी हुँदा साहु कहाँ चर्को दरमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नो संस्था सफल भएको जल्पामाई सामाजिक परिवारकी कोषाध्यक्ष गंगादेवी महतोले बताइन् ।

महोत्तरीका सयकडाँै महिला यस्ता संस्थामा आबद्ध भएर जीवन सुधार गर्नका लागि सफलता हासिल गरेको समग्र विकास उत्थान केन्द्रका संयोजक शत्रुघन महराले जानकारी दिनुभयो । महिलालाई अधिकार, सुशासन एवम् बचतबारे ज्ञान दिनका साथै सरोकारवालालाई ध्यानाकर्षण गराउनमा सो संस्था महोत्तरीमा सफल भएको संयोजक महराले दाबी गरेका छन् ।

वि.सं.२०७४ पुस १४ शुक्रवार ०५:४४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...