back
CTIZAN AD

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले उधौली मनायो

वि.सं.२०७४ पुस १४ शुक्रवार

612 

shares

united-kirat1

युनाइटेड किरात राई अर्गनाइजेशन अफ  अमेरिकाको  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) डिएमभिपी अमेरिकाले सांस्कृतिको कार्यक्रमको आयोजना गरेर किराँत राईहरुको पर्व उधौली पर्व मनाएको छ । डिसेम्बर १७ का दिन एक कार्यक्रमको आयोजना उधौली पर्व मनाउनुका साथै अंग्रेजी नयाँवर्ष २०१८ लाई स्वागत गरेको छ ।

भुवन राईको अध्यक्षता, युनाइटेड किराँत राई अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष विष्णु राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन संस्थाका DMVP च्याप्टर उपाध्यक्ष केशव राईले गरेका थिए भने डिएमभिपीकी महासचिव माया राईको स्वागत मन्तव्य रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुखअतिथि राईले संसारभरी छरिएर रहेका किराँत राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए । राईले आफ्नो संस्कृति रक्षाका लागि सबै संसारभरी छरिएर रहेका राईहरु एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताए ।

सोहि क्रममा  कार्यक्रमका अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार शिव कुमार राईले अमेरिकाका ५० वटै राज्यमा राईहरुको संजाल विस्तार गर्नुपर्ने बताउँदै संसारभरी रहेका राईहरुको एउटै छाता संगठन बनाउनुपर्ने बताएका थिए ।

त्यस्तै केन्द्रीय उपसभापति मुना राईले संस्थालाई बलियो बनाएर अगाडि बढाउनुपर्ने सबैको दायित्व रहेको बताएकी थिइन् भने न्युइंग्ल्याण्ड च्याप्टरका सभापति मुक्ति नारायण राईले अमेरिकाका सबै राज्यमा रहेका राईहरुले आफ्नो संगठनप्रति चासो देखाउनु पर्ने र संगठनको गतिबिधिमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै युनाइटेड किरात राईका सल्लाहकार मिलन राईले DMVP च्याप्टरले गठन भएको छोटो समयमै कार्यक्रमको आयोजना गरेर विभिन्न राज्यबाट सबैलाई उपस्थित गराएर कार्यक्रम सफल बनाएकोमा धन्यवाद दिएका थिए । साथै अर्का सल्लाहकार प्रभाकर  राईले किराँत राइ युवाहरुको भविष्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय तथा आफ्नो संस्कार र संस्कृति बुझाउनका लागि संगठनले ठूलो भूमिका खेल्नुपर्ने बताएका थिए ।

ukro5

त्यस्तै DMVP Board Chair प्रकाश राईले अमेरिका भरीका राईहरु एक भएर आफ्नो संस्कृति संरक्षणका लागि अघि बढ्नुपर्ने बताएका थिए भने संस्थाका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले डिएमभिपी ४ वटा राज्यको एउटै च्याप्टर भएर बस्नुभन्दा आफ्नै राज्यमा संगठन विस्तार गर्नु उपर्युक्त हुने बताएका थिए । कार्यक्रममा DMVP संस्थाको केन्द्रीय सदस्यमा प्रकाश राईलाई सर्वसम्मतिले मनोनोति गरियो ।

ukr4

सांस्कृतिक समेत रहेको उक्त कार्यक्रममा गायक प्रकाश राई, प्रभाकर राई, सरिता राई भुवन राई, रितेश श्रेष्ठको गायन प्रस्तुतिले सबैलाई मनोरन्जन गराएको थियो । साथै अनिसा राई र निमा शेर्पाले नृत्य प्रस्तुत गरेका थिए । सोहि अबसरमा न्यूयोर्कबाट केन्द्रीय कोषाध्यक्षको नेतृत्वमा रुद्र राई, लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने न्युह्याम्पसायर, बोस्टन, मेरिल्याण्ड, न्युजर्शी, भर्जिनिया, वाशिंङटन डिसी, पेन्सिलभेनिया लगायतका राज्यबाट संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा DMVP च्याप्टरका सभापति चुवन राईले सबैलाई धन्यवाद दिएका थिए ।

वि.सं.२०७४ पुस १४ शुक्रवार ०७:१३ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...