back
CTIZAN AD

अमेरिकामा व्यवसाय गर्न यी ११ बुँदामा ध्यान दिनुहोस्

वि.सं.२०७४ पुस १४ शुक्रवार

831 

shares

sanubabu

के ब्यबसाय गर्ने हो, कसरि गर्ने, के के आबस्यकता हुनसक्छ र तपाइसँग उपलब्ध स्रोत, साधन र जनशक्ति एउटा शान्त टेबल र कुर्सिमा बसेर खाका कोर्नुहोस् । जसले तपाइलाइ कन्फिडेन्ट मात्रै बनाउदैन कि तपाइलाई एउटा बाटो तय गरिदिन्छ । यससम्बन्धि जानकारी, गाइड र तपाइको रुटिङ्ग जस्तै हुनेछ यो तपाइले कोर्ने रेखा ।

हिजोआज अमेरिकाको नेपालि समाजमा ब्यबसाय मार्फत आर्थिक समुन्नतिका लागि केहि गरौ भन्ने चिन्ता र चासो अधिकाशमा पाए मैले । यो राम्रो कुरा पनि हो। जस जसले सोच्नु भएको छ । अमेरिकामा आर्थिक उन्नतिका लागि छरिएर रहेका प्रचन्ड अबसर र उर्बर बाताबरणलाइ सदुपयोग गरि ब्यबसायबाट आर्थिक प्रगतितर्फ उन्मुख हुने उत्तम माध्यम वा मार्ग भने भयो । तर, कसरी, कहा, कुन अबस्थामा कस्तो ब्यबसाय गर्न सकिन्छ र प्रतिफल प्राप्ति हुन सक्ला यस बारेमा ब्यबसायमा उत्सुक समुदाय अनबिज्ञ रहेको मैले पाए । यस्तै यस्तै दर्जनौ जिज्ञासाहरु म माथि दैनिकी नै ओइरिने गरेको छ । यसैलाइ आधार र मध्यनजर राखि मैले छोटकरिमा ११ बुदे सल्लाह सुझाब र टिप्स शेयर गरेको छु, जसले ब्यबसाय गर्नका लागि जानकारिको पर्खाइमा बसिरहेका समुदाय, ब्यक्ति र परिवारलाइ मद्दत पुग्नेछ ।

के के हुन त यि ११ बुदे टिप्स र कदमहरु जसले अमेरिकामा ब्यबसाय कसरि शुरु गर्नका लागि महत्वपुर्ण आइडिया दिनेछ ।

१-बिजिनेश (ब्यबसाय) कार्ययोजनाको खाका कोर्नुहोस् कापिमा

के ब्यबसाय गर्ने हो, कसरि गर्ने, के के आबस्यकता हुनसक्छ र तपाइसँग उपलब्ध स्रोत, साधन र जनशक्ति एउटा शान्त टेबल र कुर्सिमा बसेर खाका कोर्नुहोस् । जसले तपाइलाइ कन्फिडेन्ट मात्रै बनाउदैन कि तपाइलाई एउटा बाटो तय गरिदिन्छ । यससम्बन्धि जानकारी, गाइड र तपाइको रुटिङ्ग जस्तै हुनेछ यो तपाइले कोर्ने रेखा ।

२-सम्बन्धित ब्यबसाय सम्बन्धि तालिम लिनुहोस् वा जानकारी दिने मानिस खोज्नुहोस

कुनै पनि ब्यबसायको जानकारी बिना हात नहाल्नुहोस् । यससम्बन्धि छोटो तालिम लिने हो कि अर्थात यस सम्बन्धि जानकारि राख्ने कन्सल्ट्यान्ट वा ब्यक्ति वा समुहको सल्लाह, जानकारी वा सुझाब माग्नुहोस जसले तपाइलाइ तपाइले गर्न खोजिएको ब्यबसाय सम्बन्धि हल्का जानकारी मात्रै होइन कि एउटा मार्ग जसले समस्या पर्नबाट जोगाउनेछ । कसरि कस्तो अबस्थामा, कहा, कति रकम लाग्ने र स्थान छनौटमा ठुलो सहायता पुग्नेछ ।

३-व्यबसायको स्थान छनौट गर्नुहोस्

स्थान छनौट सफल ब्यबसायको एउटा ठुलो आधार हो । राम्रो ठाउ, पायक, सस्तो, फ्राइण्डलि, कम कर तथा कम कानुनि ह्यासल हुने स्थान छनौट मात्रै होइन् की न्युन अपराध र बढि खर्चालु अमेरिकन बस्ने स्थान छनौटले तपाइको भबिस्यको ब्यबसायको सफलताको आधार स्तम्भ पनि हो । ब्यबसायको छनौट पछि घरधनी वा स्थानको लिजको प्रक्रिया, लिजको प्राबधान, रेन्ट वा प्रपर्टि खरिद गरिएको हो भने पनि ब्यबसाय र पर्पर्टिको कम्पनि फरक फरक राखि लिज सम्झौता तयार गर्न तिर लाग्नुहोस् । लिज बनाउदा कानुनी कागजमा हस्ताक्षर गर्नु पूर्ब, ब्यबसाय खरिद गर्दा पूर्व मालिक सँगको कारोबार तथा पूर्ण लिज गर्नुपूर्ब वकिलको सल्लाह वा वकिल लगाउन नभुल्नु होला ।

४-आर्थिक जोहो गर्नुहोस् अब चाहि

ब्यबसायको स्थान छनौट गरिसके पछि अब त्यस ब्यबसायका लागि लाग्ने आर्थिक जोहो गर्न लाग्नुहोस् । तपाईसँग कति छ, लगानीका लागि कति नपुग छ र नपुग स्रोतका लागि भए साथि आफन्त, क्रेडिट कार्ड वा बित्तिय सस्थाबाट लोन खोज्ने तिर लाग्नुहोस् ।

५-कम्पनिको कानुनि नाम र डिबिए छान्नुहोस अब
ब्यबसाय गर्नु पुर्ब तपाइले आफ्नो नाम वा परिवारको सहित वा आफ्नत वा पार्टनरको जो जो सम्लग्न हुने निक्र्योल गरि कम्पनीको कानुनी नाम छान्नुहोस र डिबिए(डोइङ्ग बिजिनेश एज) क्याचि मन पर्ने वा सुहाउदो नाम छनौट गर्न तिर लाग्नुहोस् ।

६-कम्पनि खोल्नतिर लाग्नुहोस् अब

स्थान पनि छनौट भयो, ठाउ र ब्यबसाय पनि हेर्नुभयो र मोलमोलाइ वा किन्ने हिसाबकिताब र मुल्य तोकिसकियो वा ब्यबसायका लागि पैसा सबै जोहो गर्नु भयो भने पछि अब कम्पनी दर्ता तिर लाग्नुहोस् । ठाउ अनुसार एल एल सि, इङ्क, पार्टनरशिप, कर्पोरेशन के खोल्दा कर तथा आफ्नो स्वामित्व र लायाबिलिटिज के कस्तो कम्पनी खोल्दा घटिबढि हुन्छ त्यो काम गरिरहेका लेखापाल एकाउन्टेन्टहरुसँग बुझेर उनिहरुलाइ नै कम्पनी खोल्न लगानुहोला वा आफैले राज्यको सचिवालय कार्यालयको अनलाइनमा गरेर प्रक्रिया अघि बढाउन सक्नु हुनेछ ।

७-सघिय तथा राज्य कर नम्बर लिनुहोस
राज्य सरकारको सचिवालयमा कम्पनी दर्ता भएर आएकै दिन तपाईले सघिय फेडेरल सरकारबाट फेडेरल कर आइ डी लिनुपर्ने हुन्छ । यो एकै दिनको काम हो र जब फेडेरल कर नम्बर प्राप्त भएपछि तुरुन्तै जुन राज्यमा ब्यबसाय गर्ने हो त्यो राज्यको आइ आर एस कार्यालयबाट राज्य कर नम्बर लिनु पर्नेछ । यो पनि बढिमा २ दिनभित्र हुनेछ ।

८-अन्य लाइसेन्स, पर्मिट आबेदन दिनुहोस
ब्यबसायको प्रकृति अनुसार आबस्यक पर्ने अन्य लाइसेन्सहरुको निबेदन दिने र लाइसेन्स प्राप्तितिर लाग्नुहोस् । यसको साथ साथै तपाइले ब्यबसाय टेकओभर गरि शुरु गर्न तिर लागे भयो । ब्यबसाय खरिदका प्रक्रिया, लिज सम्झौता र कार्यान्वन तिर लाग्नुहोस् ।

९-साहु (एम्प्लोवायर) को जिम्मेवारी र कानुनी हैसियत राम्ररी बुझ्नुहोला

आफै साहु बनेपछि कम्पनी मालिक साहुका आफ्नै कानुनी सिमितता, अधिकार, कर्मचारी छनौट र उनीहरुको अधिकार, सुबिधा र कम्प्ल्यान्सहरु र कानुनी अबस्थाहरु बुझ्नुहोला नत्र भोलि ब्यबसाय चलाउदै जादा कानुनी ब्यबधानले तपाइलाइ अप्ठेरो बनाइदिन सक्दछ । समयमा नै होशियारि हुन जरुरि छ ।

१०-स्थानिय सहयोग लिनुहोस

ब्यबसाय गर्दा स्थानीय सहयोग, स्थानीय ग्राहक र स्थानीय मानिस, ग्रुपहरुको सहयोग, सद्भाब र अभिरुचि बिना तपाई व्यवसायमा सफल बन्न सक्नुहुन्न ।

११-ब्यबस्थापन
कुनै पनि ब्यबसायको सफलताका लागि आर्थिक ब्यबस्थापन, कानुनी प्रक्रिया, कर तथा लेखा प्रणाली, कर्मचारी नियुक्ति तथा सन्चालन, स्थानिय भुमिका र दैनिक समय ब्यबस्थापन गर्न सक्नु भएन भने तपाइको ब्यबसायले तपाइलाइ दुध दिदैन त्यसैले तपाइ आफैले गर्ने हो ब्यबस्थित ब्यवस्थापन । अरु बाकि त सहयोगि मात्र हुन । लमिले बिबाहका लागि बेहुलि खोजिदिने बिबाह गरिसके पछि आफूले बेहुली सम्हाल्न नसक्ने अनि लमिलाइ दोष दिने प्रवृत्ति बोकेर ब्यबसाय नगर्नु नै बेस हुन्छ । बिबाह पछिको भुमिका तपाइकै आफ्नो हो लमिको नभए जस्तै ब्यबसायमा पनि व्यवस्थित ढङ्गले तपाइ आफैले चलाउने हो बाटो समाते पछि । यि मुल मन्त्र अर्थात केहि हदमा अन्य मुलुकमा बस्ने प्रबासी नेपालीहरुका लागि पनि सहयोगी हुने मैले ठानेको छु ।
साथसाथमा नेपालमा पनि यस आइडियाले तपाइलाइ पक्कै पनि सहयोग पुर्याउन सक्नेछ । साना ब्यबसायबाट प्राप्त हुने सफलता समाज, मुलुक र समुदाय पनि प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा लाभान्वित हुन सक्नेछ। आफ्नो साहु आफै बनि आर्थिक समुन्नति प्राप्ति गर्न सकिनेछ।

वि.सं.२०७४ पुस १४ शुक्रवार ०७:३७ मा प्रकाशित