back
CTIZAN AD

रोगले सुन्तला उत्पादन घटेपछि त्यसैमा आश्रित किसानहरु समस्यामा

वि.सं.२०७४ पुस १४ शुक्रवार

867 

shares

orange

१४ पुस, गोरखा । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने मनकामनाको सुन्तला ब्राण्ड नै बनिसकेको छ ।

मनकामनाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापारीले अन्यत्र फलेका सुन्तलालाई मनकामनाको भन्दै बिक्री गर्ने गरेका छन् । तर मनकामना क्षेत्रमै बर्षेनी सुन्तला उत्पादनमा गिरावट आएको छ ।

सुन्तलाको बोट टुप्पोबाट मर्ने समस्याले किसान हैरान भइसकेका छन् । बीस वर्षदेखि सुन्तला खेती गर्दै आएका मनकामनाका किसान मीनबहादुर मगर बर्षेनी सुन्तला उत्पादन घट्दै गएकामा निराश हुनुहुन्छ ।

“सुन्तला बेचेर तीन÷चार लाख पनि कमाएँ”, उहाँले भन्नुभयो, “बर्षेनी सुन्तला उत्पादन घटेको छ । आम्दानी रु दुई लाख, रु एक लाख हुँदै रु ५० हजारमा झ¥यो ।” मगरले लगाएका सुन्तला मात्रै होइन, मनकामना तथा घैरुङ क्षेत्रमा खेती गरिएका सुन्तलाका बोट सुकेपछि उत्पादनमा ह्रास आएको हो ।

सुन्तलाको बोट मर्ने समस्याबाट हैरानी खेप्नु परेको उहाँको भनाइ छ । “हलक्क बढेको सुन्तलाको टुप्पो सुक्दै आउँछ । वर्षदिनमा बोट नै सलक्कै सुक्छ । बगैँचाका सुन्तलाका बोट काट्दै दाउरा बनाएका छौँ,” उहाँले भन्नुभयो ।

गोरखामा करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भए पनि बोट मर्ने समस्याको उपचार जिल्ला कृषि विकास कार्यालयबाट हुन सकेको छैन । सुन्तला उत्पादन हुने पकेट क्षेत्र मानिएका मनकामना, घैरुङ, ताङ्लीचोक, फुजेल, फिनाम, देउराली, ताक्लुङ, मकैसिङलगायत गाउँमा बर्षेनी सुन्तला उत्पादनमा ह्रास आएको छ ।

सरकारी तवरबाट बर्षेनी सुन्तला बगैँचा सुधार गर्न लाखौँ बजेट परिचालन गरिएको भए पनि सुधार भएको छैन । वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले सुन्तलाको बोट मर्ने समस्याको समाधान गर्न नसकिएको प्रतिक्रिया दिँदै भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा पनि सुन्तलाको उत्पादनमा बर्षेनी ह्रास आएको हो ।” बगैँचाको स्याहार नहुनु, सिँचाइ तथा मलखादको उचित व्यवस्थापन गर्न नसक्नु तथा सुन्तला फूल फूलेपछि असिना आउनाले उत्पादनमा गिरावट आएको श्रेष्ठ बताउनुहुन्छ ।

सुन्तला उत्पादनमा ह्रास आए पनि किसानलाई घाटा नलाग्ने श्रेष्ठले बताउनुभयो । उत्पादन गत वर्षभन्दा करिब ३२ प्रतिशत कम छ । प्रतिकिलो रु ८० देखि रु १५० सम्म सुन्तला बिक्री भइरहेकाले किसानलाई घाटा नलाग्ने श्रेष्ठले बताउनुभयो ।

गत वर्ष चार हजार ४० मेट्रिक टन सुन्तला फलेको गोरखामा किसानले रु १९ करोड आम्दानी लिएका थिए भने यस वर्ष रु २१ करोडसम्म आम्दानी किसानले सुन्तला बिक्रीबाटै लिने श्रेष्ठ बताउनुहुन्छ ।

यसैबीच सुन्तलाकै दानामा ‘मनकामनाको सुन्तला’ ट्याग टाँसेर किसानले बिक्री गरेका छन् । मनकामनाको सुन्तलाको ब्राण्ड जोगाइराख्न सुन्तलाकै दानामा ट्याग लगाइएको हो । बगैँचामा पुगेर व्यापारीले बोटबोटै सुन्तला खरिद गरेपछि सुन्तला बिक्री गर्ने झञ्झटबाट भने किसान मुक्त भएका छन् । रासस

वि.सं.२०७४ पुस १४ शुक्रवार ०४:३३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

नेपालमा कृषि तथा पशुपालन क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीवनको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...