back
CTIZAN AD

मगर संस्कृतिको जगेर्ना गर्न चलचित्र ‘पाहुर’ निर्माण

वि.सं.२०७४ पुस १५ शनिवार

840 

shares

magar-calture

 पाल्पा । मगर समुदायको ज्ञान, सीप, कला, संस्कृति, रहनसहनमा आधारित चलचित्र पाहुर निर्माण गरिएको छ ।

मगर संस्कृतिमा आधारित चलचित्र पाहुरमा मगरी संस्कृति जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको हो । माघे संक्रान्तिका दिनमा च्यारिटी शोका लागि तयार गरिएको यस चलचित्रमा चार वटा मगरी संस्कृतिमा आधारित गीत रहेका छन् ।

चलचित्रको ‘लेकैमा फुल्यो लाली गुराँस’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्माता श्याम थापामगरले समुदायभित्र परम्परागत सामाजिक अवस्था र त्यसलाई उजागार गर्न चलचित्र निर्माण गरिएको बताए ।

मगरी परम्परामा पाहुरलाई मुख्य आधार बनाएर यस चलचित्रको निर्माण गरिएको छ । पाल्पा गुल्मी, रुपन्देही जिल्ला ऐतिहासिक क्षेत्र तथा मगरी बस्तीमालाई कैद गरेर चलचित्र निर्माण गरिएको निर्देशक सुमन थापामगरले बताए ।

मगर गाउँको परिवेश र पुरानो संस्कृति जोगाउन चलचित्र निर्माण गरेको उनको भनाइ छ ।
मगर समाजको मुद्दा पहिचान गर्न चलचित्रले सन्देश दिन्छजस्तो लाग्छ, कथा लेखक बाबुराम घिमिरेले भने ‘यसले पक्कै पनि मगर समुदायको संस्कृति र रहनसहनलाई बाहिर ल्याउन फाइदा पुग्नेछ भन्ने हाम्रो बुझाई छ ।”

चलचित्रमा देखाइएको दृष्य, मुद्दाका विषयमा आगामी दिनमा समस्या समाधान तथा विषयवस्तुमा आधारित रहेर बहस होस् भन्ने चाहेको घिमिरेले बताउनुभयो ।

मगर संस्कृतिको चलचित्र बजारलाई विस्तार गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । चलचित्रको कथा मगरी समुदायको प्रथा वा कुप्रथा के भन्ने कुरालाई आधार मानिएको छ ।

रु १२ लाख लगानीमा निर्माण गरिएको चलचित्रले पुरानो चलनसँगै समाज परिवर्तन गर्नलाई सन्देश दिने निर्माता थापाले बताए । पाल्पा जिल्लामा मगर समुदायको बाहुल्यता रहिआएको छ ।

वि.सं.२०७४ पुस १५ शनिवार ०९:३४ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...