back
CTIZAN AD

सरसफाई तथा फूल रोप्ने अभियानमा जनप्रतिनिधिहरु

वि.सं.२०७४ पुस १६ आइतवार

771 

shares

flower१६ पुस, बुटवल । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाइ अभियान प्रभावकारी बन्दै गएको छ । अभियानलाई सफल बनाउन नगर क्षेत्रका सर्वसाधारण तथा सामाजिक तथा व्यावसायिक संघसंस्था र आमा समूहहरूको उल्लेख्य ऐक्यवद्धता देखिएको छ ।

नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाइ अभियानअन्तर्गत शनिबारको कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य द्वय लीला गिरी र दधिराम न्यौपानेले पनि सहभागिता जनाएका थिए । िनयाँ मिलदेखि ड्राइभर टोलसम्म भएको सरसफाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरूसँगै प्रदेशसभा सदस्यहरूले पनि सहभागिता जनाएका हुन् ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरू शुरुदेखि अन्तसम्म कुचो लिएरै सरसफाइमा सहभागी भएर अभियन्ताहरूलाई हौसला प्रदान गरेका थिए ।

गिरी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश क तथा न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ख का नवनिर्वाचित प्रदेशसभा सदस्य हुन । गिरी र न्यौपाने तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियान सराहनीय भएको बताउँदै यो अभियानमा सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।

अभियानकै क्रममा विभिन्न व्यक्तिले आफ्नो घर अगाडि बुटवल–बेलहिया ६ लेन सडकको ‘ग्रीन जोन’ मा फूलका बिरुवाहरू समेत रोपेका छन् ।

स्थानीय विमल श्रेष्ठ तथा टुल्क बहादुर खड्का, ईश्वर कार्की, सुरज भण्डारी र रामकृष्ण ढकालले तारबारसहित व्यवस्थित तरिकाले बनाउन थालेको ‘सडक फूलबारी’ मा प्रदेश सभा सदस्य गिरी र न्यौपाने तथा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायतले विभिन्न जातका फूल तथा विरुवा रोपेका हुन् ।

एकपछि अर्को व्यक्तिले आफ्नो घर अगाडिको ‘ग्रीन जोन’ मा फूल रोप्न थालेपछि ड्राइभर टोल–नयाँ मिल–मणिग्राम सडक खण्ड आकर्षक देखिन थालेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले ६ लेन सडक आसपासका सबै बासिन्दालाई हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन आग्रह गरे । रासस

वि.सं.२०७४ पुस १६ आइतवार ०३:०६ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...