back
CTIZAN AD

विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य

वि.सं.२०७४ पुस १५ शनिवार

816 

shares

१५ पुस,कीर्तिपुर  : कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ ।

शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नुपर्नेछ ।

विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।

सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो ।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई/दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक/एक विकेट लिए ।

अहिले जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १२ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।

वि.सं.२०७४ पुस १५ शनिवार १०:४८ मा प्रकाशित