back

पुनःनिर्माणका लागि निःशुल्क र सशुल्क काठ वितरण

वि.सं.२०७४ पुस १६ आइतवार

264 

shares
RBB AD
NTC AD

wood

 १६ पुस,  बनेपा ।  भूकम्पपीडितका लागि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क र सशुल्करुपमा काठ वितरण गरेका छन् ।

उपभोक्ताको माग र वन समूहको क्षमताअनुसार केही ठाउँमा निःशुल्क र केही ठाउँमा सशुल्क काठ वितरण भएको वन उपभोक्ता महासंघका जिल्लाअध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले एउटा रुखका लागि न्यूनतम रु २५० देखि ३०० सम्म शुल्क लिएको उल्लेख गर्दै जिल्लाको ढुङ्खर्क, चौबासलगायतका क्षेत्रमा भूकम्पपीडितले पुनःनिर्माणका लागि काठ लगेको बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार चालू आव २०७३÷७४ मा ७१६ घरधुरीलाई ३२ हजार ७४८ क्युफिट काठ पुनःनिर्माणका लागि वितरण गरिएको छ ।
सो काठमध्ये २१५ घरधुरीलाई नौ हजार ५०० क्युफिट निःशुल्क र ५०१ घरधुरीलाई रु १३ लाख ५९ हजार १७१ बराबरको २३ हजार २४७.८७ क्युफिट काठ वितरण भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन उपभोक्ता समूहको फरक फरक मापदण्डअनुसार उपभोक्तालाई घर बनाउन काठ वितरण गरिएको छ ।”

त्यस्तै आर्व २०७२÷७३ मा पनि विभिन्न सामुदायिक वन उपभोक्ता समूहले २४ हजार ८४ क्युफिट काठ उपभोक्तालाई वितरण गरेका छन् । वन समूहले वितरण गरेको काठ धेरैजसो सल्लाको भएको बताइएको छ । अहिले जिल्लामा काठ वितरण भएको छैन । पाँचसय सत्तरीको हाराहारीमा सामुदायिक वन उपभोक्ता समूह रहेको काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि काठ उपलब्ध गराइदिन भन्दै झण्डै १४ हजारले जिल्ला वन कार्यालयमा आवेदन गरेका थिए ।

वि.सं.२०७४ पुस १६ आइतवार १०:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

एमाले जुम्लाको अध्यक्षमा  महत,अन्यमा को–को निर्वाचित भए ?

एमाले जुम्लाको अध्यक्षमा महत,अन्यमा को–को निर्वाचित भए ?

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत...

तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका-१९...

जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा...