back
CTIZAN AD

पुनःनिर्माणका लागि निःशुल्क र सशुल्क काठ वितरण

वि.सं.२०७४ पुस १६ आइतवार

726 

shares

wood

 १६ पुस,  बनेपा ।  भूकम्पपीडितका लागि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क र सशुल्करुपमा काठ वितरण गरेका छन् ।

उपभोक्ताको माग र वन समूहको क्षमताअनुसार केही ठाउँमा निःशुल्क र केही ठाउँमा सशुल्क काठ वितरण भएको वन उपभोक्ता महासंघका जिल्लाअध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले एउटा रुखका लागि न्यूनतम रु २५० देखि ३०० सम्म शुल्क लिएको उल्लेख गर्दै जिल्लाको ढुङ्खर्क, चौबासलगायतका क्षेत्रमा भूकम्पपीडितले पुनःनिर्माणका लागि काठ लगेको बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार चालू आव २०७३÷७४ मा ७१६ घरधुरीलाई ३२ हजार ७४८ क्युफिट काठ पुनःनिर्माणका लागि वितरण गरिएको छ ।
सो काठमध्ये २१५ घरधुरीलाई नौ हजार ५०० क्युफिट निःशुल्क र ५०१ घरधुरीलाई रु १३ लाख ५९ हजार १७१ बराबरको २३ हजार २४७.८७ क्युफिट काठ वितरण भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन उपभोक्ता समूहको फरक फरक मापदण्डअनुसार उपभोक्तालाई घर बनाउन काठ वितरण गरिएको छ ।”

त्यस्तै आर्व २०७२÷७३ मा पनि विभिन्न सामुदायिक वन उपभोक्ता समूहले २४ हजार ८४ क्युफिट काठ उपभोक्तालाई वितरण गरेका छन् । वन समूहले वितरण गरेको काठ धेरैजसो सल्लाको भएको बताइएको छ । अहिले जिल्लामा काठ वितरण भएको छैन । पाँचसय सत्तरीको हाराहारीमा सामुदायिक वन उपभोक्ता समूह रहेको काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि काठ उपलब्ध गराइदिन भन्दै झण्डै १४ हजारले जिल्ला वन कार्यालयमा आवेदन गरेका थिए ।

वि.सं.२०७४ पुस १६ आइतवार १०:०१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...