back

अभिनेता रजनीकान्तले गरे राजनितिमा आउने घोषणा, गर्लान त दक्षिण भारतमा चमत्कार ?

वि.सं.२०७४ पुस १६ आइतवार

321 

shares
NTC AD
Global IME AD

rajnikanta

१६ पुस, काठमाडौं । दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता रजनीकान्त राजनितिमा आउने घोषणा गरेका छन् । उनले आफ्नै पार्टी खोल्ने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् ।

तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए । चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ । रजनीकान्त राजनितिमा आउने घोषणा गरेसँगै तमिलनाडुको मूहार फेरिने विश्वास गरिएको छ । तमिलनाडूका जनतामा रजनीकान्त माथि ठुलो श्रद्धा रहेको पाईन्छ ।
यस्तै चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले रजनीकान्त राजनितिमा आउने विषयलाई स्वागत गर्दै शुभकामना समेत दिएका छन् ।  यति बेला रजनीकान्त राजनितिमा आउने विषय सामाजिक सन्जालमा ट्रेन्डिङ तथा भाईरल बन्दै गएको छ । उनलाई जयललिताको उत्तराधिकारीको रपमा समेत हेरिन थालिएको छ ।

वि.सं.२०७४ पुस १६ आइतवार ११:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...