back
CTIZAN AD

अभिनेता रजनीकान्तले गरे राजनितिमा आउने घोषणा, गर्लान त दक्षिण भारतमा चमत्कार ?

वि.सं.२०७४ पुस १६ आइतवार

843 

shares

rajnikanta

१६ पुस, काठमाडौं । दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता रजनीकान्त राजनितिमा आउने घोषणा गरेका छन् । उनले आफ्नै पार्टी खोल्ने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् ।

तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए । चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ । रजनीकान्त राजनितिमा आउने घोषणा गरेसँगै तमिलनाडुको मूहार फेरिने विश्वास गरिएको छ । तमिलनाडूका जनतामा रजनीकान्त माथि ठुलो श्रद्धा रहेको पाईन्छ ।
यस्तै चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले रजनीकान्त राजनितिमा आउने विषयलाई स्वागत गर्दै शुभकामना समेत दिएका छन् ।  यति बेला रजनीकान्त राजनितिमा आउने विषय सामाजिक सन्जालमा ट्रेन्डिङ तथा भाईरल बन्दै गएको छ । उनलाई जयललिताको उत्तराधिकारीको रपमा समेत हेरिन थालिएको छ ।

वि.सं.२०७४ पुस १६ आइतवार ११:०० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...