Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्वसाधारणसँग सुझाव मागेर रानीपोखरी उत्खनन गरिने



१७ पुस,काठमाडौँ   : रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । आज पहिलो पटक बसेको उक्त समूहले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने समूहका संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो ।

विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो । रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि भोलि सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने पनि शर्माले बताउनुभयो ।

विसं २०७२ को भूकम्पले पूर्ण रुपमा ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो । क्षतिग्रस्त पोखरी पुनः निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि कङ्क्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको