back
CTIZAN AD

कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

वि.सं.२०७४ पुस १८ मंगलवार

810 

shares

१८ पुस, बागलुङ ।  बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उहाँले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । छ वटा पोखरीमा माछापालन गर्नुभएका उहाँले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

शर्माले आफ्नै चार रोपनी जग्गामा माछापालन गर्नुभएको छ । पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका सात हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको शर्माले बताउनुभयो ।

उहाँले फार्ममा तीन हजार ब्रोइलर र दुई हजार कोइलर जातका कुखुरा पाल्नु भएको छ । कुखुरासँगै हाँसपालन गर्नुभएका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत पाउनुभएको छ ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु ५० हजार अनुदान पाएको शर्माले बताउनुभयो । शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ । विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोज्नुभएका शर्मा यसमै सफल हुनुभएको छ । फार्ममा केहीलाई रोजगारीसमेत दिनुभएका उहाँ कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा हुनुहुन्छ ।

“उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु”, शर्माले भन्नुभयो । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

वि.सं.२०७४ पुस १८ मंगलवार ०९:०८ मा प्रकाशित

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...