back

कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी

वि.सं.२०७४ पुस १८ मंगलवार

195 

shares
RBB AD
NTC AD

१८ पुस, बागलुङ ।  बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उहाँले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । छ वटा पोखरीमा माछापालन गर्नुभएका उहाँले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

शर्माले आफ्नै चार रोपनी जग्गामा माछापालन गर्नुभएको छ । पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका सात हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको शर्माले बताउनुभयो ।

उहाँले फार्ममा तीन हजार ब्रोइलर र दुई हजार कोइलर जातका कुखुरा पाल्नु भएको छ । कुखुरासँगै हाँसपालन गर्नुभएका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत पाउनुभएको छ ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु ५० हजार अनुदान पाएको शर्माले बताउनुभयो । शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ । विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोज्नुभएका शर्मा यसमै सफल हुनुभएको छ । फार्ममा केहीलाई रोजगारीसमेत दिनुभएका उहाँ कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा हुनुहुन्छ ।

“उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु”, शर्माले भन्नुभयो । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

वि.सं.२०७४ पुस १८ मंगलवार ०९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विद्युत् भोल्टेज प्रयाप्त नभएपछि सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ

विद्युत् भोल्टेज प्रयाप्त नभएपछि सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि...

डिडिसीद्वारा किसानको ४८ करोड भुक्तानी

डिडिसीद्वारा किसानको ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड...

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

यस वर्ष सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव नहुने !

गोदावरी (कैलाली) । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...